२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

दुर्गम गाउँमा माउरी पालनबाट मनग्य आम्दानी

१८ भाद्र २०७२, शुक्रबार ००:४३

जितेन्द्र खत्रि, भदौ १८, अर्घाखाँची / अर्घाखाँची जिल्लाको दुर्गम गाउँ धनचौर गाविसका कृषकहरु मौरी पालन ब्यबसायमा आकर्षित भएका छन् ।

थोरै लगानी र कम मेहनतबाट पनि मनग्य आम्दानी लिन पाएपछि यहाँका कृषकहरु मौरी पालन ब्यबसायमा आकर्षित भएका हुन् । धनचौर गाविसमा करिब एक वर्षदेखि नै मौरी पालन गर्दै आएको भएपनि १० बर्ष यता भने यहाँका कृषकहरुले ब्यबसायीक रुपमै मौरी पालन गर्दै आएका छन् । गाविसका प्रत्येक घर घरमा मौरी पालिएको भएपनि वडा नं.५, ६, ७ र ८ का कृषकहरु भने ब्यबसायिक रुपमै मौरी पालन गरेर मनग्य आम्दानी गर्न सफल भएका छन् ।

धनचौरमा चिउरीको जंगल हुनुको साथै पर्याप्त मात्रामा तोरीको खेती गरीने र मौरीका लागि उपयुक्त किसिमको हावापानी समेत पाइने हुँदा मौरी पालन ब्यबसाय निकै फस्टाएको स्थानीय बासिन्दाहरुको भनाई छ ।

मौरीबाट सोंचे भन्दा बढी आम्दानी लिन पाएपछि युवाहरु पनि वैदेशिक रोजगार र सरकारी जागिर समेत छाडेर मौरी पालन तर्फ आकर्षित भएका छन् ।

धनचौरमा कृषकहरुले एउटै घरमा ५ देखि ५० घारसम्म मौरी पालन गर्दै आएका छन् । मौरी बर्षमा २ पटक काडेर मह निकालिने र एउटा घारमा बर्षमा १० देखि २० के.जी.सम्म मह निकालिने गरेको कृषकहरुको भनाई छ ।

मुढे घारबाट मौरी ब्यबसाय संचालन गर्दै आएका कृषकहरुले दुईबर्ष यताआधुनिक घारमा मौरी पाल्न थालेका छन् । आधुनिक घारमा मौरी पाल्दा मौरीको सुरक्षा हुने र मह उत्पादन गर्नपनि निकै सजिलो हुने भएकाले मुढे घारमा उत्पादन हुने मह भन्दा दुई तिहाई बढी उत्पादन लिन सकिने उनिहरुको भनाई छ ।

धनचौर गाविस ५ का बासुदेव पाण्डे मौरी पालनबाट बर्षमा २ लाख रुपैयाँ आम्दानी गर्ने बताउँछन् । पाण्डेले ३० घार मौरी पाल्दै आएका छन् । मौरीको आम्दानीबाट ६ जनाको परिवार पाल्नुका साथै छोराछोरीलाई पढाउ“दै आएको उनको भनाई छ ।

बाबु बाजेका पाला देखि नै पाल्दै आएकौ मौरीलाई थोरै ब्यबस्थित गरेर घार बढाए यसैबाट घरखर्च चलेको छ । केही रकम संचीत पनि भएको छ उनले बताए ।

वार्ड नं. ६ का लेखनाथ पाण्डेले पनि माहुरी बाटै आङ्खनो जिविकोपार्जन चलाएको बताउछन् । २० घार मौरी पालेका पाण्डेले वर्षमा १ लाख सम्मको आम्दानी गर्ने बताए ।

सदरमुकाम सन्धिखर्कबाट ६ कोष टाढा पर्ने धनचौर एउटा विकट गाविस भएपनि मौरीको लागि उदाहरणीय गाविस बनेको छ । यहाँका बासिन्दाहरु घरमा आउने अतिथिहरुलाई चियाको सट्टा मह र चाका खुवाएर स्वागत गर्ने स्थानीय बासिन्दा गोपाल प्रसाद भट्टराईको भनाई छ ।

यहाँका कृषकहरु मौरी पालनमा निकै उत्साही भएका भएपनि राज्यले भने कुनै वास्ता नगरेको उनिहरुको गुनासो छ । गैर सरकारी संस्थाहरु र स्वयं राज्यले पनि मौरी पालनका क्षेत्रमा लाखौँ खर्च गरी रहेको बताउँदा जिल्लामा मौरी पालनको मुख्य ठाउ“ धनचौरका वासिन्दाहरुले भने कुनै सहयोग पाउन नसकेको प्रति चिन्तित छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ