आर्थिक वर्ष २०७४/०७५ को तुलनामा  आव २०७५/७६ मा जिल्लामा सवारी दुर्घटना  वृद्धि भएको छ । गत आवमा १८४ सवारी दुर्घटनामा  १"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...  आर्थिक वर्ष २०७४/०७५ को तुलनामा  आव २०७५/७६ मा जिल्लामा सवारी दुर्घटना  वृद्धि भएको छ । गत आवमा १८४ सवारी दुर्घटनामा  १"/>
2026-09-13 02:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा सवारी दुर्घटनामा वृद्धि

 आर्थिक वर्ष २०७४/०७५ को तुलनामा  आव २०७५/७६ मा जिल्लामा सवारी दुर्घटना  वृद्धि भएको छ । गत आवमा १८४ सवारी दुर्घटनामा  १०४ को मृत्यु २३३ को अवस्था नाजुक  र १९० सामान्य घाइते भएको ट्राफिक प्रहरी कार्यालयका निमित्त प्रमुख तथा प्रहरी नायब निरीक्षक उत्तम जिसीले जानकारी दिनुभयो ।

 उहाँका अनुसार ती दुर्घटनामा २५१ सवारीसाधन परेका थिए । आव २०७४/२०७५ मा भने जिल्लामा १७१ सवारी दुर्घटनामा ७९ को मृत्यु २१५ को अस्था नाजुक, ८५ सामान्य घाइते भएका थिए । ती दुर्घटनामा २२४ सवारी साधन परेको उहाँको भनाइ थियो । 

 गत आवमा सबैभन्दा बढी मोटरसाइकल  १२३, बस  ३४, ट्र्याक्टर १९, जीप तथा कार ३२,  टेम्पो १२, ट्रक १२, टिपर छ, माइक्रोबस एक दुर्घटनामा परेका थिए । चालकको लापरवाहीबाट ९८, तीव्र गतिका कारण ६७, यात्रुको गल्तीका कारण चार, मापसेका कारण पाँच,  सडकको अवस्थाका कारण तीन, यान्त्रिक गडबडीबाट पाँच, उछिनेर दुई, मौसमका कारण एक दुर्घटना भएको प्रहरीको अनुसन्धानमा जानकारीमा आएको थियो । 

ट्राफिक प्रहरीले गत आवमा दुर्घटनामा संलग्न ५२ चालकलाई सार्वजनिक मुद्दा दर्ता गरेर कारवाही अगाडि बढाएको थियो । सो अवधिमा प्रहरीले ट्राफिक नियम उल्लङ्घन गर्ने ३४ हजार ५१० चालकलाई गरेको कारवाहीमा रु दुई करोड १३ लाख पाँच हजार राजश्वसमेत सङ्कलन भएको उक्त कार्यालयले जनाएको थियो । यसैबीच जिल्लामा सवारी दुर्घटनालाई न्यूनीकरण गर्न प्रहरी, प्रशासन, सरकारी निकाय, व्यवसायी, नागरिक समाज, दलका प्रतिनिधि तथा पत्रकारसमेतले विभिन्न अभियान सञ्चालन गर्दै आएका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन