2026-07-11 02:15 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

देखीन छाडे माटोका भाडा, कुमालको पेशा संकटमा

जितेन्द्र खत्रि, भदौ २१, अर्घाखाँची/ कुमाल समुदायको पेशा र व्यवसाय अहिले संकटमा पर्दै गएको छ । पुरानो पुस्ताका व्यक्तिहरूको बल घट्नु र युवाहरू अन्य रोजगारीमा लाग्नु, विदेशतिर जानु र परम्परागत पेशाप्रति चासो नहुनुले गर्दा यो व्यवसाय संकटमा पर्दै गएको हो ।

माटोका भँडाकुडाहरू घैटो, गमला, हँडी, खुत्रुके, पैनीलगायतका सामाग्री बनाउनु र त्यही बिक्री गरेको भरमा जीविका चलाउनु कुमाल समुदायको पुख्र्र्यौली पेशा हो । सदरमुकाममा मात्रै झण्डै ३०÷४० घर जति कुमाल जातिको बसोवास रहेको छ तर उनीहरू सबै अहिले पुख्र्यौली पेशाबाट गुजरा चलाउन गाह्रो भएको बताउछन् ।

बजारबाट रवर र प्लास्टिकका भाडाहरूको अत्याधिक प्रयोग र कुमाल समुदायकै युवाहरूमा नै आफ्नै पुख्र्यौली पेशाप्रतिको अरूचिका कारण यो पेशा लोपुन्मुख अवस्थामा रहेको उनीहरूको धारणा रहेको छ ।

पुस्तौंदेखि सञ्चालित यो व्यवसाय अब भने सकिनै लागेको सन्धिर्खक किमडाडाका खिम बहादुर कुमालले बताउनुभयो । बाबुको पालामा धेरै चक्र घुमेको गाउ“मा अहिले मुस्किलले एक दुईवटा चक्र घुम्छन् । उहा“का अनुसार माटोका भाडा निर्माण गर्न घुमाईने मेसिनलाई चक्र घुमाउने भनिन्छ ।

यो पेशाका लागि काम गर्न जोश जाँगर र धेरै तागत चाहिने र अहिलेको पुस्ताले यस्तो काम गर्न लाज मान्ने भएकोले पनि समस्या पर्दै गएको बताउनुहुन्छ । कुमालले पेशाका लागि बजार क्षेत्रको अभाव नभएपनि माटोको समस्याका कारण सामान बनाउन नसकेको स्थानीय गोपाल कुमालले बतानुभयो । भाडाकुडा लगायतका सामान बनाउने माटो पाउन निकै गाह्रो छ । राम्रो माटो पाउनलाई ६÷७ मिटर गहिरो सुरूङ खन्नुपर्छ उहा“ले बतानुभयो ।

माटोकै अभावले पनि हाम्रो पेशा संकटमा पर्ने भयो । माटोका भाडाको व्यवसायवाट वार्षिक ५० हजारसम्म आम्दानी हुने भएपनि अहिले हुन नसकेको चन्द्र कुमालको भनाई छ । उत्पादित माटोका भाँडाहरूको बजार सिमित भएकोले आम्दानी धेरै हुन नसकेको उहा“को भनाई छ । पुस्तौंदेखिको आफ्नो पेशा र पहिचान लोपहुने खतरा बढ्दै गएपछि कुमाल समुदाय चिन्तित बनेको छ ।

आफ्नो जातिको पेशा र परम्परा लोप हुन नदिन पछिल्लो पुस्तालाई पनि यो व्यवसाय सिकाउनु पर्ने बृद्ध कुमालहरूको भनाइ रहेको छ तर छोरा नातिहरूलाई सिकाउने प्रयास गरेपनि उनीहरूले चासो नदिदा झनै चिन्ता बढेको उनीहरूको दुखेसो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट