२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

देखीन छाडे माटोका भाडा, कुमालको पेशा संकटमा

२१ भाद्र २०७२, सोमबार ०३:२२

जितेन्द्र खत्रि, भदौ २१, अर्घाखाँची/ कुमाल समुदायको पेशा र व्यवसाय अहिले संकटमा पर्दै गएको छ । पुरानो पुस्ताका व्यक्तिहरूको बल घट्नु र युवाहरू अन्य रोजगारीमा लाग्नु, विदेशतिर जानु र परम्परागत पेशाप्रति चासो नहुनुले गर्दा यो व्यवसाय संकटमा पर्दै गएको हो ।

माटोका भँडाकुडाहरू घैटो, गमला, हँडी, खुत्रुके, पैनीलगायतका सामाग्री बनाउनु र त्यही बिक्री गरेको भरमा जीविका चलाउनु कुमाल समुदायको पुख्र्र्यौली पेशा हो । सदरमुकाममा मात्रै झण्डै ३०÷४० घर जति कुमाल जातिको बसोवास रहेको छ तर उनीहरू सबै अहिले पुख्र्यौली पेशाबाट गुजरा चलाउन गाह्रो भएको बताउछन् ।

बजारबाट रवर र प्लास्टिकका भाडाहरूको अत्याधिक प्रयोग र कुमाल समुदायकै युवाहरूमा नै आफ्नै पुख्र्यौली पेशाप्रतिको अरूचिका कारण यो पेशा लोपुन्मुख अवस्थामा रहेको उनीहरूको धारणा रहेको छ ।

पुस्तौंदेखि सञ्चालित यो व्यवसाय अब भने सकिनै लागेको सन्धिर्खक किमडाडाका खिम बहादुर कुमालले बताउनुभयो । बाबुको पालामा धेरै चक्र घुमेको गाउ“मा अहिले मुस्किलले एक दुईवटा चक्र घुम्छन् । उहा“का अनुसार माटोका भाडा निर्माण गर्न घुमाईने मेसिनलाई चक्र घुमाउने भनिन्छ ।

यो पेशाका लागि काम गर्न जोश जाँगर र धेरै तागत चाहिने र अहिलेको पुस्ताले यस्तो काम गर्न लाज मान्ने भएकोले पनि समस्या पर्दै गएको बताउनुहुन्छ । कुमालले पेशाका लागि बजार क्षेत्रको अभाव नभएपनि माटोको समस्याका कारण सामान बनाउन नसकेको स्थानीय गोपाल कुमालले बतानुभयो । भाडाकुडा लगायतका सामान बनाउने माटो पाउन निकै गाह्रो छ । राम्रो माटो पाउनलाई ६÷७ मिटर गहिरो सुरूङ खन्नुपर्छ उहा“ले बतानुभयो ।

माटोकै अभावले पनि हाम्रो पेशा संकटमा पर्ने भयो । माटोका भाडाको व्यवसायवाट वार्षिक ५० हजारसम्म आम्दानी हुने भएपनि अहिले हुन नसकेको चन्द्र कुमालको भनाई छ । उत्पादित माटोका भाँडाहरूको बजार सिमित भएकोले आम्दानी धेरै हुन नसकेको उहा“को भनाई छ । पुस्तौंदेखिको आफ्नो पेशा र पहिचान लोपहुने खतरा बढ्दै गएपछि कुमाल समुदाय चिन्तित बनेको छ ।

आफ्नो जातिको पेशा र परम्परा लोप हुन नदिन पछिल्लो पुस्तालाई पनि यो व्यवसाय सिकाउनु पर्ने बृद्ध कुमालहरूको भनाइ रहेको छ तर छोरा नातिहरूलाई सिकाउने प्रयास गरेपनि उनीहरूले चासो नदिदा झनै चिन्ता बढेको उनीहरूको दुखेसो छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ