२०८३, १५ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

भक्तपुरमा अवैधरूपमा उत्पादन गरिएको एक्काइस सय लिटर मदिरा नष्ट

२०७६, १९ श्रावण आईतवार ११:०७

सूर्यविनायक नगरपालिका–७ स्थित क्वुवा चोक क्षेत्रमा अवैधरूपमा उत्पादन गरिएको करीब दुई हजार १०० लिटर अवैध घरेलु मदिरा प्रहरीले नष्ट गरेको छ । 

यस क्षेत्रमा अत्याधिक मात्रामा घरेलु मदिरा उत्पादन गर्ने र स्थानीय तथा अन्य बजारमा बिक्री गर्दा झगडा एवं हिंसा बढेपछि स्थानीयले दिएको उजुरीको आधारमा महानगरीय प्रहरी वृत्त जगातीबाट खटिएको टोलीले आकस्मिकरूपमा छापा मारेर उत्पादन भइरहेको क्षेत्रबाट नियन्त्रणमा लिएर नष्ट गरेको हो । 

प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीको नेतृत्वमा गएको प्रहरी टोलीले मदिरा उत्पादन भइरहेको क्षेत्रमा गएर अवैध घरेलु मदिरा र मदिरा उत्पादन गर्न प्रयोग हुने कच्चा पदार्थ नष्ट गरेको भाँडाकुडा र ड्रमसहित नियन्त्रणमा लिई स्थानीय वुद्धिजीवी जनप्रतिनिधिको रोहबरमा नष्ट गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।  

भक्तपुर मार्सल आर्ट्स सङ्घ गठन

आत्मरक्षा प्रशिक्षक एवं सामाजिक अभियानकर्मी पद्मा खयरगोलीको अध्यक्षतामा १३ सदस्यीय भक्तपुर मार्सल आर्ट्स हाप्किडो सङ्घ गठन भएको छ । राष्ट्रिय तथा अन्तर्राष्ेिट्रयस्तरका खेलाडी उत्पादन गर्न, मुलुकमा बढ्दै गइरहेको लैङ्गिक हिंसा रोक्न र दुश्मनबाट स्वयम्को आत्मरक्षा गर्ने कलालाई प्रत्येक महिलामा पु¥याउने उद्देश्यले सङ्घको गठन भएको हो । 

सङ्घको प्रथम उपाध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठ, द्वितीय उपाध्यक्ष रवीन्द्रप्रसाद श्रेष्ठ, महासचिव सुरेन्द्र जाकिबन्जार, उपसचिव राजेन्द्र भुषण खयरगोली, कोषाध्यक्ष रिता रञ्जितकार, सदस्यमा क्रमश ः हरिबहादुर श्रेष्ठ, श्यामसुन्दर शिल्पकार, श्यामसुन्दर बासुकला, सुदीप सुवाल, अमित रञ्जित, जयन्ती श्रेष्ठ, रोजिना लोहला चयन भएका छन् । 

भक्तपुर जिल्ला खेलकूद विकास समितिको कार्यालयमा नेपाल मार्सल आर्ट्स हाप्किडो सङ्घका केन्द्रीय उपाध्यक्ष सुस्मिता गुरुङको उपस्थितिमा गठन भएको सङ्घको कानूनी सल्लाहकारमा श्रीधर ङाखुसी श्रेष्ठ, सल्लाहकारमा नारायण झा तथा राजु बजिको चयन भएका छन् । 

परापूर्वकालमा दुश्मनबाट आफूलाई रक्षा गर्न, चोर, फटाहा, डाँकाहरुबाट आफूलाई बचाउने कला, जसलाई ह्यानगुयल अर्थात् हाप्किडो भन्ने गरिएको यो खेलमा मार्सल आर्ट्सका पाँच खेल कराँते, ताइक्वाण्डो, बक्सिङ, जुडो र रेसलिङको कलालगायत प्रेसर प्वाइट, ज्वाइन प्वाइट विभिन्न कलाकौशल समावेश रहेको अध्यक्ष खयरगोलीले बताउनुभयो । 

राष्ट्रिय खेलकूद परिषद्मा दर्ता भएको सङ्घको हाल २५ वटा जिल्ला सङ्घको गठन भएको छ । नवगठित सङ्घले चाँडै नै मार्सल आर्ट्स हाप्किडो खेलसम्बन्धी खेलाडी, खेलप्रमी, समाजसेवी, विद्यार्थी, महिलालाई प्रशिक्षण दिने भएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना कांग्रेस देउवा पक्षको बैठक सुरु ट्रकको ठक्करबाट काठमाडौँमा पैदलयात्रीको मृत्यु कपडा तथा किराना सामानसहित चार वटा मोटरसाइकल नियन्त्रणमा सुनचाँदीको मूल्य घट्यो नेपाल वैदेशिक रोजगार व्यवसायी संघको बहुमत पदाधिकारी तथा सदस्यद्वारा सामूहिक राजीनामा नेकपाको राष्ट्रिय महाधिवेशन मङ्सिरमा सञ्चारमन्त्रीसँग जापानी राजदूतको भेटवार्ता नक्कली मुद्रा देखाएर ठगी गर्ने गिरोह पक्राउ शौचालयमा लडेर एक जना सशस्त्र प्रहरी हवल्दारको मृत्यु कांग्रेसका कार्यकर्ताको भावनाअनुसार सर्वसम्मत निर्णय गर्न ढिला भएको हो: गगन थापा दुई दिनदेखि अवरुद्ध बीपी राजमार्ग खुल्यो शेयर बजारमा झिनो सुधार यी हुन् मन्त्रिपरिषद्का तीन निर्णय