जितेन्द्र खत्रि, असोज ११, अर्घाखाँची / नेकपा एमाले निकट अनेरास्वबियु जिल्ला कमिटि अर्घाखाँचीको आयोजनामा भाग्यले बाचेकाहरु नामक बृत्तचित्र सन्धिखर्कमा पर्दशन गरेको छ । बैशाख १२ गते गएको महाबिनासकारी भूकम्पले पु¥याएको मानबिय क्षतिमा बाचेहरुको बिषयमा तयार पारिएको उक्त बृत्त चित्रमा भुकम्पको लाईभ भिडियो पनि समावेश गरिएको थियो ।
पत्रकार गणेष पाण्डेद्धारा निर्देशित उक्त बृत्त चित्र जयसन्तोषी माँ चलचित्र मन्दिरमा देखाईएको थियो । भुकम्प पिडितको सहयोगका लागि आयोजना गरिएको उक्त कार्यक्रममा अनेरास्वबियु अर्घाखाँचीले भुकम्पमा च्यापिएको ८२ घण्टा पछि जिबितै उद्धार गरिएका अर्घाखाँचीका ऋषि खनाललाई २० हजार रुपैया हस्तान्तरण पनि गरिएको छ । भुकम्पमा परि अर्घाखाँचीका ऋषि खनालले एउटा खुट्टा गुमाउनु भएको थियो ।
डकुमेन्ट्री पर्दशन कार्यक्रममा बृत्तचित्र निर्देशक गणेष पाण्डे, भुकम्प पिडित ऋषि खनाल नै उपस्थित रहनु भएको थियो । सोही अवसरमा भूकम्प पिडितको सहयोगार्थ रसुवा गएको जिल्लाका अखिलका नेताहरुलाई प्रसंसा पत्रले सम्मान गरिएको थियो । सम्मानित हुनेमा अनेरास्वबियु केन्द्रिय सदस्य लिला बिक, राष्ट्रिय परिषद सदस्य हृदयकुमार भुसाल, भरत न्यौपाने र जिल्ला कमिटि सदस्य प्रदिप भुसाल रहनु भएको छ ।
सम्मानित हुनेलाई एमाले जिल्ला कमिटि कार्यबाहक अध्यक्ष जीवनारायण कोइराला र स्थानीय विकास अधिकारी हरीप्रसाद ज्ञवालीले खादा र सम्मान पत्र दिनुभएको थियो । कार्यक्रममा कार्यक्रम अनेरास्वबियु जिल्ला कमिटि अध्यक्ष प्रदिप नेपालीको अध्यक्षता, सदस्य नबीन केसीको स्वागत मन्तब्य र नारायण भुसालको सञ्चालनमा सम्पन्न भएको थियो ।