२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्घाखाँची - AGK

आफैसँग भएकोे ज्ञानलाई ब्यवहारमा उतार्न नसक्दा नेपालीहरुको स्वास्थ्य जोखिममा

१६ आश्विन २०७२, शनिबार ०५:२८

जितेन्द्र खत्रि /असोज १६, अर्घाखाँची ।  आफैसँग भएकोे ज्ञानलाई ब्यवहारमा उतार्न नसक्दा नेपालीहरुको स्वास्थ्य जोखिममा पर्नेगरेको एक कार्यक्रमका बक्ताहरुले बताएका छन् ।

शीर मेमोरियल अस्पताल अफ सेभेन्थ–डे एडभेन्टिस्ट बनेपा,काभ्रेको आयोजनामा पाठेघर खस्ने समस्या रोकथाम तथा न्यूनिकरण सम्बन्धि जिल्ला अस्पताल अर्घाखाँचीमा सम्पन्न एकदिने अभिमुखिकरण कार्यक्रममा बोल्ने बक्ताहरुले यस्तो कुरा बताएका हुन् ।
गर्भवती र सुत्केरी अबस्थामा पोषिलो खानाको साथमा आरामको जरुरत पर्छ, सुत्केरी गराउँदा स्वास्थ्य सँस्थामै लैजानुपर्छ भन्नेकुराको ज्ञान हँदाहदैपनि बेवास्ता गरी भारी काम गर्ने,सन्तुलित भोजन नगर्ने र सुत्केरी हुनेबेलामा ध्यान नदिएकै कारण बर्षेनी नेपालमा थुप्रै महिलाको पाठेघर खस्ने र गर्भवती एवम् सुत्करी महिलाको ज्यान समेत जाने गरको हुनाले यसलाई रोकथाम तथा न्यूनिकरण गर्नु कार्यक्रमको प्रमुख लक्ष्य रहेको पाठेघर खस्ने समस्या रोकथाम तथा न्यूनिकरण कार्यक्रम फिल्ड कोडिनेटर प्रलाद शर्माले बताउनुभएको छ ।

कार्यक्रमको प्रस्तुतीकरण गर्दै कार्यक्रमका फिल्ड कोडिनेटर प्रलाद शर्माले बि.सं.२०१६ सालबाट कार्यक्रमको अभियान थालेको शीर मेमोरियल अस्पताल अफ सेभेन्थ–डे एडभेन्टिस्ट बनेपा,काभ्रेले बिभिन्न जिल्लाहरुमा कार्यक्रम सम्पन्न गरी अर्घाखाँची जिल्लामा आएको भन्दै कार्यक्रमलाई सफल बनाउन सरोकारवाला सबैको सहयोगको खाँचो पर्नेहुनाले सबैलाई सहयोग गर्न अपिल गर्नुभएको थियो ।
कार्यक्रममा मन्तब्य राख्दै स्थानिय विकास अधिकारी हरी प्रसाद ज्ञवालीले नेपाल भौगोलिक धरातलको बिभिन्नता भएको र सोहिअनुसार जनस्तर पनि फरक–फरक हुनेहुनाले काम गर्दापनि सोहिअनुसार उतार–चढाब आउने भन्दै अर्घाखाँची जिल्लामा अत्यन्तै महत्वपूर्ण कार्यक्रम आएकोले आफु खुिश भएको र कार्यक्रमलाई जिल्लाबाट आबश्यक सहयोग पुर्याउने बताउनुभएको छ ।उहाँले अर्घाखाँची जिल्लाका ग्रामिण क्षेत्रमा रहेका विद्यालय जानबाट बन्चित बाल–बालिका र बाल बिवाह गरी बसेकाहरुको समुहको माझमा यो कार्यक्रम लैजानुपर्ने बताउनुभएको छ ।
कार्यक्रममा मन्तव्य राख्दै निमित्त जिल्ला शिक्षा अधिकारी लिला राहुत र नेपाल पत्रकार महासंघ जिल्ला शाखा अर्घाखाँचीका अध्यक्ष शोभाखर पन्थीले अत्यन्तै प्रभावकारी र सान्दर्भिक अभियानमुखी कार्यक्रम भएकोले यसलाई स्थानिय तहमा रहेका शिक्षाको पहुच भन्दा बाहिर रहेका बर्ग समक्ष लैजानुपर्ने भन्दै यसलाई सफल पार्न आफ्नो ठाउँबाट पूर्ण सहयोग गर्ने बताउनुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ