२०८२, १२ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा घरबाटै बिप्लवका कार्यकर्ता पक्राउ

२०७६, २० श्रावण सोमबार ०९:३५

कृष्ण बिष्ट | साउन २०, बैतडी | बैतडीमा बिप्लवका कार्यकर्ता घरबाटै पक्राउ परेका छन । पुर्चौडी नगरपालिका ३ सल्लेबनका ४६ वर्षीय नैन सिंह धामीलाई घरबाटै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ । धामी विप्लवका गाउँ कमिटी सदस्य रहेका बताइएको छ । 

उनलाई जिल्ला अदालत बैतडीबाट म्याद थप गरी अनुसन्धान भइरहेको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक दीपक पातललीले जानकारी दिनुभयो ।  धामी यसअघि साउन १५ गते पुर्चौडीको कुँडीधारमा रहेको एनसेलको टावरमा आगजनी र तोडफोडमा संलग्न रहेका आशंका गरिएको छ । यसका साथै उनलाई तालाबन्दी र चन्दाअसुलीमा समेत संलग्न रहेको आरोप लागेको छ । 

बैतडी प्रहरीले पछिल्लो समय विप्लवका नेता कार्यकर्तालाई पक्राउ गरिरहेको छ । यसअघि असार २३ गते पनि प्रहरीले पाटन नगरपालिका १० हतास घर भइ विप्लवको युवा विद्यार्थी संगठनका केन्द्रिय सदस्य श्यामप्रसाद भट्टलाई पनि पक्राउ गरेको थियो । पक्राउ परेका भट्टलाई राज्यविरुद्धको कसुरमा मुद्धा चलाएर बैतडी जिल्ला अदालतले ४० हजार धरौटी तोकेको  बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
२३ र २४ भदाैमा जे भयो, त्यो एमालेको सरकार र देशविरुद्ध थियो: केपी शर्मा ओली दलको नेता बनेपछि बालेनलाई रविले दिए बधाई रवि लामिछाको मुद्दा आज पनि हेर्दाहेर्दैमा जाँचबुझ आयोगको प्रतिवेदन अपूर्ण : कांग्रेस बालेनलाई संसदीय दलको नेतामा चयन गर्ने प्रस्ताव सर्वसम्मत पारित रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठक बस्दै सकारात्मक र रचनात्मक कामको सधैँ समर्थन गछौँ : प्रचण्ड नवनिर्वाचित सांसदहरुले लिए सपथ शिक्षा क्षेत्रमा भइरहेको राजनीतिकरणलाई हटाउनु मेरो मुख्य लक्ष्य हुनेछ: महावीर पुन सांसदको रूपमा सुधार गर्न एकदम इमानदार प्रयास गर्छौँ: स्वर्णिम वाग्ले कार्की आयोग निष्पक्ष छानबिनका लागि बनेको होइन भन्ने प्रतिवेदनले नै पुष्टि गर्‍यो : शंकर पोखरेल एमालेले बोलायो सांसदहरूको बैठक जाँचबुझ आयोगको प्रतिवेदनप्रति बारको असहमति क्रोएसिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा एकजना पक्राउ मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु फेरि बढ्यो पेट्रोलियम पदार्थको मूल्य रवि लामिछानेको मुद्दामा आज पनि सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा सामान्य गिरावट नवनिर्वाचित प्रतिनिधिसभा सदस्यको शपथ आज सामाखुसी स्थित प्रहरी कल्याणकारी पेट्रोल पम्प मूल्यवृद्धिको सूचना लगत्तै बन्द !