असोज १९, अर्घाखाँची / भारतले अघोषित रुपमा नाका बन्द गरेपछि देशभरको जनजिवन कष्टकर बन्दै आएको छ । प्रयाप्त मात्रामा समानहरु आयात हुन नसकेपछि जिल्लाको जनजिवन प्रभावित भएको हो । भारतले अघोषित रुपमा नाकाबन्दी गरेपछि बजारमा कालो बजारी मौलाउन थालेको छ । दैनिक प्रयोजनका सामानहरुमा पसलेहरुले मनोमानी रुपमा मुल्य वृद्धिगरेर विक्रीगदै आएका छन् ।
सहज रुपमा भनेजति पेट्रोलियय पदार्थ नपाउदा यात्रामा समेत कठिनाई उत्पन्न भएको छ । पेट्रोलियम पदार्थ सहज रुपमा नपाउदा निजि गाडी तथा मोटरसाईकलहरु फाट्टफुट्टरुपमा मात्र संचालन हुदैे आएका छन् । अर्घाखाँचीमा जोर विजोर प्रणली लागु नभएपनि डिजेलवाट चल्ने गाडीहरुलाई केहि सहज भएपनि पेट्रोलबाट चल्ने गाडीहरु सुचारु आज देखी हुने भएका छन ।
दैनिक सयौंको सङ्ख्यामा चल्ने मोटरसाईकलहरु अहिले फाट्टफुट्टरुपमा मात्र बाटोमा देखिन्छन् । जिल्लामा रहेका २ ओटा पेट्रोलपम्पमा अहिले पेट्रोलको अभाव भएको छ । ठुला गाडीहरुको लागी भने डिजेल प्रयाप्त नभएपनि थोरै थारै उपलव्ध गराउदै आएको भुसाल आयलका कृष्ण प्रसाद भुसालले बताए ।
भुसालले लामो समयपछि जिल्लामा शनिवार मात्र पेट्रोलियम आउने भनेता पनी सनीबार आउनसकेको थिएन आज मंगलबार बिहान टेयक्र गाडी आए पर्छी १५०, भन्दा बडी मोटरसाईकलहरु बिहान ५ बजे देखी लाईन्मा बसेको चुत्राबेसी मा रहेको भुसाल डिटिब्यूटरले ५०० भन्दा बडिको तेल नदिने समेत जान्कारी दिएको छ । पेट्रोलको अभाव भएसंगै सरकारी कामकाज समेत प्रभावित भएको थियो भने अब केही सहज हुने भएको छ ।