२०८३, ९ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

कृषिमा लाग्ने ‘डिमाण्ड चार्ज’ले किसान मारमा

२०७२, १७ भाद्र बिहीबार ०४:३३

कृष्ण खनाल, भदौ १७, बुटवल ।  बुटवल उपमहानगरपालिका–१८ सेमलारमा रहेको ‘सेमलार–पर्रोहा भुमीगत जलस्रोत सिंचाही उपभोक्ता समिति अन्र्तगत १० वटा डीप ट्युवेल जडान गरिएको छ । जस मध्ये अहिले ५ वटा मात्र ट्युवेल सञ्चालनमा रहेका छन् ।
अन्य ५ वटा ट्युवेल निर्माण सम्पन्न भएपनि विद्युत प्राधिकरणको कारण सञ्चालनमा आउन सकेका छैन्न भने कुनै डीप गाडिएपनि अन्य भौतिक संरचना जडान गर्न बजेट अभावको भएकाले सञ्चालन हुन सकेका छैन्न ।

नेपाल विद्युत प्राधिकरणले केही समय पहिला देखि पुराना टान्र्समिटर सञ्चालन गर्न नपाउने जसको लागि मिटर युनिट जडान गर्नुपर्ने सर्त आगाडी सारेको थियो । जुन प्रक्रिया अहिले अन्तीम चरणमा पुगेको छ अवको केही महिनामा केही ट्युवेल सञ्चालनमा आउने छन् ।
‘सेमलार–पर्रोहा भुमीगत जल स्रोत सिंचाही उपभोक्ता समितिका अध्यक्ष सुर्दशनदेव जोशीका अनुसार १० वटा डिप ट्युवेलबाट ६ सय विघा (४ सय हेक्टर) क्षेत्रफलमा सिंचाही गर्न सकिन्छ । तर सबै ट्युवेल सञ्चालनमा आउन सकेका छैनन् ।

एकातर्फ किसानहरुले निर्माण सम्पन्न भएका ट्युवेल सञ्चालन आउन सकेको छैनन् भने अर्को तर्फ डिमाण्ड चार्ज मार्फत किसानहरु थप मर्कामा परेका छन् । विद्युतीय मिटर र टान्समिटर जडान गरेबापत विद्युत महशुल बुझाउनु पर्दा किसानहरु थप मारमा परेका छन् ।
विद्युत जडान गरे बापत न्युनतम अतिरिक्त सुल्क विद्युत प्राधिकरणले लगाएको कारण थप रकम तिर्नुपर्ने बाध्यता छ ।

केन्द्रबाट नै नीतिगतग रुपमा सुधार नभएको कारण किसानहरुले यस्तै समस्या भोग्न बाध्य छन् । उपभोक्ता समितिका अध्यक्ष सुर्दशनदेव जोशी भन्छन्–‘कृषिमा सहुलियतका जतिधेरै ठुला कुरा गरे व्यवहारतः किसानहरुलाई मर्कामा पार्ने बाहेक अन्य काम भएको छैन । ’किसानहरु मिलेर कयौ पटक डेलिकेशन र विद्युत प्राधिकरणमार्फत केन्द्रमा कुरा उठाएपनि केन्द्रीय निति भन्दै कृषिमा लाग्ने डिमाण्ड चार्च मिनाह नभएको उनको भनाई रहेको छ ।

एकातर्फ लोडसेडिङ्गको कारण डीप ट्युवेल पुरा समय सञ्चालन हुन नसक्दा समेत डिमाण्ड चार्जको रुपमा चर्को शुल्क किसानहरुले बुझाउँदै आएका छन् । किसानले सिंचाहीको लागि जडान गरेको १ केभीए ट्रान्समिटर ५० रुपैयाँका दरले विद्युत प्राधिकरण लाई विद्युत उपभोग नगरेपनि अतिरिक्त शुल्क बुझाउनु पर्दछ । अध्यक्ष जोशि भन्छन्–‘मासिक २५ सय रुपैयामा कृषीलाई केही छुट गरी १७ सय रुपैया ५० केभीको थप बुझाउनु पर्ने बाध्याता रहेको छ ।’

यता निर्माण सम्पन्न भएको चार बर्ष देखि सञ्चालनमा आउन नसकेको डिप ट्युवेल अशोज र मंसिर महिना सम्ममा सञ्चालन गर्न सकिने विद्युत प्राधिकरण बुटवल शाखाका ईन्जीनियर टंक केसीले उक्त उपभोक्ता समितिलाई आश्वास बाढेका छन् । पहिला ४ वटा र थप छुटेको १ वटा गरी कुल ५ वटा डीप ट्युवेल निर्माण सम्पन्न भएनि कुनै बजेट अभावको कारण सिस्टम विकास नहुदा सञ्चालनम आउन सकेका थिएनन् भने कुनै विद्युत प्राधीकरणले समयमा नै विद्युत मिटर नदिएको कारण सञ्चालनमा आएका थिएनन् ।

यता नेपाल सरकार भुमीगत जलस्रोत विकास समिति बुटवलका ईन्जीनियर पुर्णलाला विश्वकर्माका अनुसार रुपन्देहीमा थप २ स्थानमा डिप ट्युवेल जडान गरिएको छ वितरण प्रक्रियामा २ वटा रहेका छन् । यि ट्युवेलमा पनि टान्समिटर मार्फत विद्युत सप्लाई गर्नुपर्ने हुन्छ । जुन सञ्चालन गर्दा समेत किसानले थप अतिरिक्त चार्ज अर्थात डिमाण्ड चार्ज मार्फत विद्युत प्राधिकरणलाई रकम भुत्तानी गर्नुपर्ने हुन्छ ।

नेपाल सकारले डिप ट्युयवेल जडान गर्नको लागि एकै पटकमा अनुदान रकम उपलब्ध नगराउदा एउटा डिप ट्युवेल सञ्चालन गर्न करिव ३ बर्ष लाग्न सक्ने उनको भनाई रहेको छ । उनी भन्छन्–‘पहिलो बर्ष डिप धसाउनको लागि मात्र रकम दिन्छ, दोस्रो बर्ष मात्र अन्य सिस्टम(भवन, टंकी पाईप) निर्माणको लागि पैसा दिन्न, तेस्रो बर्षबाट मात्र उपभोक्ताले सिंचाही गर्न पाउछन् ।’

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ