२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

भुकम्प पिडीतलाई प्रवासी नेपालीको सहयोग

२३ आश्विन २०७२, शनिबार ०५:५८

असोज २३, बुटवल । गत बैशाख १२ गते गएको महाभुकम्पमा ८२ घण्टा पछि जिवित्तै उदार गरिएका अर्घाखाँचीको ढाकावाङ्ग–६ साम्नेगाउँका ऋषि खनाललाई कोरियामा रहेका प्रवासी नेपालीहरुले आर्थिक सहयोग गरेका छन् ।

bhukampa pidit1

भुकम्पको कारण एउटा खुट्टा काट्न बाध्य भएका खनालाई थप उपचार र जीविको पार्जनको लागि ढाकावाङ्ग गाविसमा स्थायी घर भई हाल कोरियामा रहेका माधव खनालको संयोजनमा जम्मा गरिएको ६९ हजार रुपैया पिडीत खनालकी श्रीमतीलाई प्रदान गरिएको हो ।

ढाकावाङ्ग गाविस–३ ठुलाखोलामा स्थानिय योगेन्द्र खनालले ऋषि खनालकी श्रीमती कविता खनाल लाई ६९ हजार रुपैयाँ नगदै हस्तान्तरण गरेका हुन । सहयोग रकम जुटाउन संयोजनको भुमिका निर्वाह गरेका माधव खनालले ‘एक नेपालीको दुखमा अर्को नेपालीले सहयोग गर्नुपर्दछ’ भन्ने भावना अनुसार उनलाई उक्त रकम जम्मा गरेर सहयोग गरिएको जानकारी गराए ।

bhukampa pidit

१८ जना नेपाली र एक जना कोरियाली नागरिकले समेत रकम सहयोग गरेका छन् । सहयोग दातामा कमल बन्जाडे, माधव खनाल, राम्जी बन्जाडे, समुन्द्र खनाल, प्रकाश खनाल, राम मणि खनाल, पार्क जङ वून (कोरिएन ), जीवन भट्टराई, रुद्र चुदाली, ठाकुर खनाल, झबिन्द्र के सी, दिनेश थापा, दिनेश खनाल, मीन राज खनाल, प्रसान्त पण्डित, प्रेम कडेल, सुदीप बस्तोला, रुद्र भुजेल, बिजय राना , रन्जित गुरुङ रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ