सुरक्षित बैदेशिक यात्रा सम्बन्धमा अभिमुखिकरण

साझासवाल
1 Min Read

कार्तिक १५,  रुपन्देही / पछिल्ल्लो समय मा बैदेशिक रोजगारी मा नेपाली युवाहरुको बढ्दो आकर्षण संगै बैदेशिक रोजगारी लाइ सुरक्षित बनाउन का लागी एकता फाउन्डेशन नेपालको आयोजना र बैदेशिक रोजगारी प्रबद्धन बोर्ड काठमान्डौ को सहयोग तथा सैनामैना नगरपालिका को समन्वय मा रुपन्देहीको सैनामैना मा सुरक्षित बैदेशिक रोजगारी सम्बन्धमा युवा लक्षित अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

सैनामैना नगरपालिका भित्रका युवाहरु सहभागी सो अभिमुखी करण कार्यक्रम मार्फत बैदेशिक रोजगारी का लागी बिदेश जादा सबै कुरा बुझेर मात्र जान आग्रह गरिएको छ । सो अबशर मा एकता फाउन्डेशन नेपाल का राम हरी शाही समुन्द्री ले सहिजकरण गर्दै बिदेश जान इच्छुक जो कोही पनि सबैभन्दा पहिले सिप सिकेर जान आग्रह गर्नुभयो ।

उहाले बैदेशिक रोजगारी मा जानु भन्दा पहिले सम्बन्धित देश को निक्यौल गरी सो देशको भाषा सम्बन्ध मा स्पष्ट हुनुपर्ने ,घर परिवार मा रामं्रो संग सर सल्लाह गर्नुपर्ने, मेनपावर संग सबै कुरा बुझेर श्रम स्विकृत्ति लिएर प्रक्रिया पुर्याएर मात्र बैदेशिक रोजगारी का लागी जान आग्रह गर्नुभयो ।

कार्यक्रम मा बोल्दै सैनामैना नगरपालिका का कार्यकारी अधिकृत रोमनाथ न्यौपानेले सकेसम्म स्वदेश मै बसी रोजगार गर्न आग्रह गर्दैै जानै पर्ने भएमा सुरक्षित रोगजारीमा ध्यान दिन आग्रह गर्नुभयो । कार्यक्रममा समाज सेवी,महिला सामाजिक परिचालिका, युवा हरु लगायतको सहभागिता थियो ।

Share This Article
Leave a Comment

Leave a Reply