2026-09-18 09:00 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

माण्डव्य समाज नेपालको केन्द्रीय नेतृत्व चयन

जनकराज भण्डारी । चैत्र ७, बुटवल । माण्डव्य समाज नेपालको बुटवलमा जारी प्रथम राष्ट्रिय भेलाले हेमन्तराज माण्डव्यको नेतृत्वमा निर्विरोध केन्द्रीय कार्यसमिति चयन गरेको छ ।

शनिबारदेखि जारी सो भेलाले सबै क्षेत्रको प्रतिनिधित्व हुने गरी विधान संशोधन गर्दै निर्विरोध केन्द्रीय समिति चयन गरेको हो । समितिका बरिष्ठ उपाध्यमा किशोर ज्ञवाली, प्रदेशको जिम्मेवारी रहने गरी उपाध्यक्षहरुमा ओमप्रकाश भण्डार, नयाँराम बजगाई, बखतबहादुर कटवाल, रामसिंह रावल, त्रिबिक्रम ज्ञवालीर महिला उपाध्यक्षमा शोभा शर्मा ज्ञवाली रहेका छन् ।

त्यस्तै महासचिव मादीपक ज्ञवाली, सचिवहरुमा ज्योति भण्डारी, हरिप्रसाद ज्ञवाली, हंशराज अधिकारी र कोषाध्यक्षमा ज्ञानेन्द्र श्रेष्ठ निर्विरोध चयन भएका हुन् । यसैगरी केन्द्रीय सदस्यहरुमा देवानन्द भण्डारी, जगत भण्डारी, मना अधिकारी, बाबुराम श्रेष्ठ, जनक भण्डारी, लालकेश उपाध्याय, केशव भण्डारी, शेरबहादुर बिष्ट, श्यामप्रसाद भण्डारी र कुश्माखर भण्डारी चयन भएको निर्वाचन समितिका संयोजक कुलानन्द ज्ञवालीले जनाए ।

बन्द सत्रले संघीय संरचना र बृहत् अनुसन्धान केन्द्रका रुपमा रहने गरी माण्डव्य समाज नेपालको विधानलाई पहिलो संशोधन गरेको थियो । समितिको नेतृत्व चयनका लागि कुलानन्द ज्ञवाली संयोजक रहेको तीन सदस्यीय निर्वाचन समिति गठन गरिएको थियो । सो समितिका सदस्यहरुमा दुर्गाप्रसाद भण्डारी र नन्दराम भण्डारी रहेका थिए ।

बन्द सत्रमा समाजका अध्यक्षले प्रस्तुत गरेको सांगठनिक प्रतिवेदन र कोषाध्यक्ष शोभा ज्ञवालीको आर्थिक प्रतिवेदन पारित गरिएको थियो ।
भेलामा देशभरबाट २ सय ४० प्रतिनिधिहरुले भाग लिइरहेका छन् । शनिबारबाट शुरु भएको भेला सोमबार बुटवल घोषणापत्र जारी गर्दै समापन हुने नवनिर्वाचित अध्यक्ष हेमन्तराज माण्डव्यले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई