2026-09-18 10:03 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

प्रतिबन्धित लागुऔषधसहित दुई पक्राउ

चैत्र ७, बुटवल / प्रतिबन्धित लागुऔषधसहित बुटवलका यातायात व्यवसायी सागर रिजाल पक्राउ परेका छन्।

७ सय एमएल कोरेक्ससहित जिल्ला प्रहरी कार्यालय रुपन्देहीको टोलीले उनलाई पक्राउ गरेको हो। रिजालसँगै काठमाडौंका हिमाल गौचनलाई पनि प्रहरीले पक्राउ गरेको छ।

नेपालमा प्रतिबन्धित यो लागुऔषध सिमावर्ती भारतीय बजार सुनौलीबाट नेपालतर्फ ल्याउँदै गर्दा शनिबार प्रहरीले उनीहरुलाई बेलहियामा पक्राउ गरेको हो।

प्रहरीले उनीहरुको साथबाट १ सय एमएल परिमाणका ७ वटा बोतल प्रतिबन्धित कोरेक्ससहित ९ ट्याव्लेट नाईट्राभेटसमेत बरामद गरेको जनाएको छ।

मादक पदार्थ सेवन गरी सवारी हाक्नेहरुलाई प्रहरीले कडाईका साथ कार्बाही गर्न थालेपछि मादक पदार्थ सेवनकर्ताहरु लागु पदार्थको प्रयोग गर्न लागेको समाचार पटकपटक आउने गरेको थियो।

उनीहरुको साथमा रहेको लागु औषधको परिमाण हेर्दा उनिहरु लागु औषधका कारोबारी रहेको देखिएको जिल्ला प्रहरी प्रवक्ता प्रहरी नायब उपरिक्षक रामेश्वर कार्कीले बताए।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई