२०८२, १४ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रुपन्देही - RPD

प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिताको उपाधि घरेलु टिम सुनौलो संगमलाई

२०७२, २७ चैत्र शनिबार १५:४७

hsfd

कृष्ण खानाल ।  चैत २७, बुटवल । मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटिको आयोजनामा बुटवलमा शनिबार सम्पन्न प्रथम सिपीएन युएमएल पेसिडेन्ट कप फुटवल प्रतियोगिता–२०७२ को उपाधि घरेलु टिम सुनौलो संगम युवा क्लवले हात पारेको छ । शनिबार भएको फाईनल प्रतिस्पर्धामा विभागिय टिम त्रिभुवन आर्मीलार्ई ३–२ ले हराउँदै सुनौलो संगमले उपाधि जितेको हो ।

निर्धारित ९० मिनेटको खेल २–२ को बरावरी भएपछि थप गरिएको अतिरिक्त समयमा सुनौलोले थप एक गोल गर्दै घरेलु मैदानमा उपाधि रक्षा ग¥यो । त्रिभुवन आर्मीका सुदिल राईले खेलको पाँचौं मिनेटमा टिमलाई सुरुवाती अग्रता दिलाएका थिए । पहिलो गोल खाएपछि आक्रमक खेल प्रस्तुत गरेको सुनौलो संगमले खेलको २६ औं मिनेटमा आर्मीका गोलकिपर विकाश मल्ल अगाडि बढेको मौकामा दामोदर थापा क्षेत्रियले आर्कषक हेड गोल गर्दै टिमलाई १–१ को बरावरीमा पुराए । त्यस लगत्तै आर्मीका राजिव गुरुङले खेलको ३२ औं मिनेटमा गोल गर्दै पहिलो हाफमा २–१ के अग्रता दिलाए ।

दोस्रो हाफमा लयमा रहेको सुनौलो संगमका लागि खेलको ७० औं मिनेटमा यलन थापाले गोल गर्दै टिमलाई २–२ को बरावरीमा पुराए । निर्धारित समयको खेल २/२ को बरावरी भएपछि थप गरिएको अतिरिक्त १४ मिनेटमो पहिलो मिनेटमानै सुनौलो संगमका लागि सुरज हमालले गोल गर्दै टिमलाई अग्रता दिलाए र बाँकी समय आर्मीले गोल गर्न सकेन र सुनौलो संगम युवा क्लव बुटवलले ३–२ ले हराउँदै उपाधि रक्षा ग¥यो । उपाधि विजेता सुनौलो संगम युवा क्लवले ३ लाख ३ हजार ३ सय १३ रुपैया सहित कप, मेडल र प्रमाण पत्र हात पार्यो भने उपविजेत ाबनेको त्रिभुवन आर्मीले नगद १ लाख ५५ हजार ५ सय ११ रुपैयाँ सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्यो ।

प्रतियोगितामा म्यान अफ द म्याच आर्मीका विकास मल्ल घोषित भए । त्यस्तै हाई गोल स्कोरमा आर्मीमा राजिव गुरुङ, वेष्ट कोचमा सुनौलो संगमका भानु थापा, बेष्ट गोलकिपरमा सुनौलो संगमका दिलिप क्षेत्री, बेष्ट मिडफिल्डरमा सुनौलो संगमकै दामोदर थापा क्षेत्री, बेष्ट डिफेन्समा आर्मीका शेषराज घोािषत भए । उनीहरुले नगद ५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गरे । त्यसैगरी बेष्ट पलेयर अफ दि टुर्नामेन्ट बाट सुनौलो संगम युवा क्लवका सुरज हमाल घोषित भए । उनले नगद ७ हजार ७ सय ७७ रुपैया प्राप्त गरे ।

विजयी टिम तथा उपविजेता टिमलाई पुर्व सभामुख सुवासचन्द्र नेमाङले पुरस्कार वितरण गरे । अन्तर्गत बुधबार भएको खेलमा सुनौलो संगम युवा क्लव विजयी रुपन्देही भएको छ । बुटवल १२ स्थित मानवज्ञान उच्च माविको खेल मैदानमा भएको खेलमा विभागिय टिम एपिएफ काठमाडौलाई ४, २ ले हराउँदै सुनौलो संगम युवा क्लव विजयी भएको हो ।

मदन भण्डारी स्पोर्टस एकेडेमी लुम्बिनी अञ्चल कमिटिको आयोजनामा बुटवलमा जारी प्रतियोगिता चैत २७ गते समापन हुनेछ । प्रतियोगितामा विभागिय ३ टिम सहित कुल १२ टिमको सहभागिता रहेको छ । बुटवल १२ रामनगर स्थित मानवज्ञान विद्यालयको खेल मैदान जारी प्रतियोगितामा खनाल ब्रदर्श, मदन भण्डारी स्पोट्स एकेडेमी, ए.पि.एफ, काठमाण्डौ, सुनौलो संगम युवा क्लव, चितवन–११, पश्चिमाञ्चल प्रहरी टिम, बुटवल, सिम्रिक युवा क्लव, नवलपरासी–११, टेन्सवर्ग फर्सा्टिकर–११, क्यानडी ट्रिनिटी क्लव स्याङ्जा र त्रिभुवन आर्मी क्लव काठमाडौंको सहभागिता रहेको छ ।

त्यस्तै उत्कृष्ठ खेलाडिले नगद ७ हजार ७ सय ७७ सहति कप तथा मेडल प्राप्त गर्ने कमिटिका अध्यक्ष मेधराज भट्टराईले जानकारी दिए । यसैगरी उत्कृष्ट गोलकिपर, मिटफिल्डर, रक्षक, सर्वा्धिक गोलकर्ता तथा उत्कृष्ठ प्रशिक्षकलाई नगद ५÷५ हजार सहित कप, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगिता अवधिभर, अपाङगता भएका व्यक्तिहरु, महिला तथा बृद्धबृद्धालाई निशुल्क प्रवेशको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।

प्रतियोगिता अन्तर्गत विहिबार दोस्रो सेमिफाईनल खेलमा नवजागृती युवा क्लव सिमरा र त्रिभुवन आर्मी क्लव काठमाडौं का बीच ठिक ३ बजेदेखि खेल सुरु हुनेछ । यी दुई टिम मध्ये जुन टिम विजयी हुनेछ सो टिमले फाईनलमा चैत २७ गते सुनौलो संगम युवा क्लव सँग प्रतिस्पर्धा गर्नेछ ।

फोटोः एपिएफ क्लवको पोष्टमा गोल गर्दै सुनौलो संगम युवा क्लवका खेलाडि । तस्वीरः विकाश पराजुली

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नेपाल राष्ट्र बैंकको स्वायत्तता कि राजनीतिक छाया ? जापानले ताइवान नजिकैको टापुमा सन् २०३१ सम्ममा मिसाइल तैनाथ गर्ने धादिङ बस दुर्घटनाको छानबिन गर्न सरकारले बनायो कार्यदल सावित्रा भण्डारीलाई गम्भीर चोट, एन्फाले बेवास्ता गर्दा समर्थकसँग मागिन सहयोग कसैले बुथ कक्जा गर्छु भन्छ भने कल्पना नगरे हुन्छ: ओली सामान्य अंकले घट्यो नेप्से बसभित्र च्यापिएका घाइतेको ५ घण्टापछि जीवितै उद्धार झुन्डिएको अवस्थामा एक किशोरी मृत फेला बनेको बाटो हिंड्ने होइन, नयाँ बाटो खन्ने मान्छे हुँ: केपी ओली उदयपुरमा बस दुर्घटना, १२ जना घाइते धादिङ बस दुर्घटना : काठमाडौँ ल्याइएका थप एकजनाको मृत्यु, २२ घाइतेको उपचार हुँदै झण्डाको पक्षपोषण गर्नु ‘लाजनीति’ हो : सुदन गुरुङ वीरगञ्जमा अनिश्चितकालीन कर्फ्यु धादिङ बस दुर्घटना : १७ जनाको मृत्यु सुनचाँदीको मूल्य बढ्यो १०० बर्षपछि मलेसियामा ७.१ म्याग्निच्युडको शक्तिशाली भूकम्प बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा