2026-09-12 11:07 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

राप्ती किनारका बासिन्दा जोखिममा

साउन २५, बाँके  । जब मनसुन शुरु हुन्छ, अनि राप्ती नदी किनारका बासिन्दाको निन्द्रा हराउँछ । कतिबेला राप्ती नदी उर्लिएर आउँछ र बगाउँछ भन्ने चिन्ताले वर्षायाममा राप्ती नदी किनारका बासिन्दा पालैपालो सुत्ने गर्छन् । 

नदी किनारका बासिन्दाको दिनचर्या बाढीकै त्रासमा बित्छ । डेढ दशकअघि निर्माण शुरु भएको राप्ती नदी तटबन्ध अहिलेसम्म अधुरै छ । होलिया र फत्तेपुरवासीले लामो समयदेखि पक्की तटबन्ध निर्माणको माग गर्दै आएका थिए । तटबन्ध नहुँदा बाढीले बर्सेनी खेतीयोग्य जमीन कटान गरिरहेको छ ।

बर्सेनी तटबन्ध बन्ने र भत्किने क्रम जारी छ । करोडौँ लगानी भयो । अहिलेसम्म न गाउँ जोगियो न खेतीयोग्य जमीन । यसअघि होलियाको टेपरी, चौफेरी र फत्तेपुरलगायत गाउँका बासिन्दा विस्थापित भएका थिए । 

हाल जनताको तटबन्ध कार्यक्रमले राप्ती किनारमा तटबन्ध निर्माण गरिरहेको छ । करीब रु एक अर्बको लागतमा राप्तीको कटान र डुबानको जोखिममा रहेका होलिया र फत्तेपुरमा १३ किलोमिटर पक्की तटबन्ध निर्माण भइरहेको छ । तटबन्ध निर्माण भइरहेका आठ प्याकेजमध्ये चार प्याकेजको काम  सम्पन्न भएको छ ।

बाँकी ११ किलोमिटर क्षेत्रमा तटबन्ध निर्माणको काम करीब ७५ प्रतिशत पूरा भइसकेको छ । तटबन्ध निर्माण गरेको ठाउँमा डरत्रास हटेको फत्तेपुरका दुर्गाप्रसाद पाण्डेले बताउनुभयो । 

राप्ती किनारका बस्तीलाई बाढी तथा डुबानबाट पूर्णरुपमा सुरक्षित बनाउन नदीको दुवैतर्फ करीब ४० किलोमिटर क्षेत्रमा तटबन्ध निर्माण गर्नुपर्ने देखिन्छ । जनताको तटबन्ध कार्यक्रम फिल्ड कार्यालय नेपालगन्जका इञ्जिनीयर हरिश पन्तका अनुसार तटबन्ध निर्माणको काम तिव्रताका साथ भइरहेको छ ।

बाढीबाट हालसम्म एक हजार १२२ घर पूर्णरुपमा तथा १५ हजार ७३७ घर आंशिकरुपमा क्षति हुँदा करिब ८० हजार बासिन्दा प्रभावित भएका थिए । दक्षिण–पूर्वमा पर्ने मटेहिया, सोनवर्षा र गङ्गापुरका स्थानीयवासीको करीब १० हजार बिघाभन्दा बढी जग्गा राप्ती नदीले कटान गर्नुका साथै बालुवा खेतमा भरिएपछि सयौँ किसान भूमिहीन भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन