2026-09-01 12:33 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

ओझेलमा माडीको ‘धनलक्ष्मी छाँगो’

साउन २५, चितवन । चितवनको माडी छुट्टै पहिचान बोकेको नगरपालिका हो । चितवन राष्ट्रिय निकुञ्ज पार गरेर जानुपर्ने माडीमा प्राकृतिक विविधता छ । यहाँका वैकुण्ठ ताल, सामेश्वर मन्दिर, गोद्धकलगायत क्षेत्र पर्यटकीय हिसाबले महत्वपूर्ण छन् । 

माडी प्राकृतिकसँगै सांस्कृतिक विविधता भएको ठाउँ हो । यहाँको वैकुण्ठ तालका विषयमा धेरै जानकार छन् । त्यो तालभन्दा माथि डेढ घण्टा पैदल हिँडेर पुग्न सकिने ‘धनलक्ष्मी छाँगा’का बारेमा माडीमै बस्ने पनि बेखबर छन् । झण्डै ६० मिटर उचाइबाट खस्ने छाँगालाई समेटेर यहाँको पर्यटकीय विकास गर्न माडी नगरपालिका अग्रसर भएको छ । भरतपुर–माडी–ठोरी हुलाकी सडकको खरकट्टाबाट दक्षिणतर्फ उक्त छाँगो रहेको छ । खरकट्टाबाट ताल रहेको जङ्गलको छेउसम्म मोटर गुड्न सक्ने तीन किलोमिटर कच्ची बाटो छ । गाडीबाट झरेपछि झण्डै आधा घण्टा उकालो हिँडेर वैकुण्ठे ताल पुगिन्छ । जङ्गलको हरियालीको बीचमा रहेको सानो ताल र माथिबाट झरेको धनलक्ष्मी छाँगोका कारण ताल आकर्षक देखिन्छ ।

“शतबीउ छर्ने बेलामा सर्वसाधारण पहिलादेखि नै यहाँ आउने गरेका हुन् । अचेल धार्मिक कारणका साथै घुमफिरका लागि पनि ताल भएको ठाउँमा आउने गर्छन्”, माडी नगरपालिका–८ का वडाध्यक्ष कृष्ण अधिकारीले भन्नुभयो । त्यहाँभन्दा माथि रहेको धनलक्ष्मी छाँगाको कसैल हेक्का राखेका थिएनन् । ताल वरपरको क्षेत्रमा बालाचतुर्दशीका दिन शतबीउ छर्ने चलन छ । माडी–८ कान्तिपुर गाउँकी सावित्री रेग्मी घाँस दाउरा गर्न जाने गाउँलेबाहेक अरुलाई धनलक्ष्मी  छाँगोका बारेमा थाहा नभएको बताउनुहुन्छ ।

माडी नगरपालिकाका प्रमुख ठाकुर ढकाल वैकुण्ठ क्षेत्रलाई एकीकृतरुपमा विकास गर्ने योजना बनाएपछि धनलक्ष्मी छाँगासम्म पर्यटक पु¥याउन सकिने बताउनुहुन्छ । वैकुण्ठ ताल र छाँगाको बीचमा दुई खोली दोभान छ । आकर्षक चट्टान पनि छ । “वैकुण्ठ ताल क्षेत्रमा फनपार्क, बुद्धको मूर्ति, बोटिङ गर्न मिल्ले ताल बनाउनेलगायत योजना छ”, वडाध्यक्ष अधिकारीले भन्नुभयो । वैकुण्ठ क्षेत्रको विकासका लागि सहरी विकास मन्त्रालयलेसमेत अग्रसरता लिएको छ । “हुलाकी सडकका पुल बन्दै छन् । बाटो बन्ने क्रममा छ”, ढकालले भन्नुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला