२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा गाउँपालिकाको गाडीमा आगजनी

२६ श्रावण २०७६, आईतवार ०४:३४

साउन २६, घोराही । दाङको बङ्गलाचुली गाउँपालिकाका अध्यक्ष भक्तबहादुर वलीले प्रयोग गर्ने गाडीमा अज्ञात समूहले आगजनी गरेको छ । गए राति करीब पौने १ बजे आगजनी भएको हुनसक्ने अनुमान जिल्ला प्रहरी कार्यालय दाङले गरेको छ ।

 सो आगजनीबाट रा१झ १५२ नंको गाडीको अग्रभाग पूर्णरूपमा जलेर क्षति भएको गाउँपालिका अध्यक्ष वलीले जानकारी दिनुभयो । बङ्गलाचुली गाउँपालिका–५ मुर्कुटीको कार्यालय परिसरमा पार्किङ गरी राखिएको अवस्थामा अज्ञात समूहले गाडीमा आगजनी गरेको हो ।

आगलागी भएको जानकारी पाउनासाथ आगो नियन्त्रण गर्न र घटना बुझ्न इलाका प्रहरी कार्यालय कमिरेचौरबाट प्रहरी खटिएको थियो । सो आगो प्रहरी टोली र स्थानीयवासीले नियन्त्रणमा लिएका थिए ।

सो घटना कसले र किन गराएको भन्ने खुल्नमा नआए पनि घटनाको प्रकृति हेर्दा विप्लव समूहले आगजनी गरेको हुनसक्ने आशङ्का गरिएको र सो विषयमा अध्ययन भइरहेको जिल्ला प्रहरी कार्यालय दाङका प्रहरी प्रमुख प्रहरी निरीक्षक बेलबहादुर पाण्डेले जानकारी दिनुभयो । अहिले त्यहाँ प्रहरी परिचालन गरी घटना बुझ्ने काम भइरहेको पनि उहाँले बताउनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य