२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

कृषि गतिबिधी

दूधको मूल्य नबढाए काठमाडौं घेर्ने माडीका किसानको चेतावनी

२८ श्रावण २०७६, मंगलवार ११:००

साउन २८, चितवन । माडीका दुग्ध उत्पादक किसानले दूधको मूल्य नबढाए आन्दोलन गर्ने बताएका छन्  | मंगलबार माडीको वसन्तपुरस्थित पशुपक्षी शाखा कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा नेपाल राष्ट्रिय व्यवसायिक पशुपालक दुग्ध उत्पादक समाजले भदौ १ देखि मूल्य नबढे ४ देखि ६ गतेसम्म काठमाडौं घेराउ गर्ने चेतावनी दिएको हो ।

चोकर र दानामा ३० प्रतिशतसम्म मूल्यवृद्धि भए पनि दूधको मूल्य वृद्धि नहुँदा पलायन हुने अवस्था आएको समाजका अध्यक्ष सूर्य भुसालले बताए ।  माडीका किसानहरुले दैनिक ३ हजार ५ सय लिटर दूध उत्पादन गर्ने गरेका छन् ।

माडी नगरपालिकाले किसानलाई प्रतिलिटर ३ रुपैयाँ अनुदान दिएकोमा यसलाई बढाएर ५ रुपैया पु¥याउनुपर्ने अध्यक्ष भुसालले माग गरे । माडीमा रहेको पशुपक्षी शाखामा चिकित्सकको दरबन्दी सिर्जना गरी कर्मचारीको व्यवस्थापन गर्नुपर्ने उनले बताए । माडी नगरपालिका १ र २ तथा ८ र ९ का लागि थप २ सेवा केन्द्रसमेत स्थापनाका लागि माडी नगरपालिकाले पहल गर्नुपर्ने उनले बताए । ९ जना दरवन्दी रहेको माडीको पशुपक्षी शाखामा हाल ३ जना कर्मचारी मात्रै कार्यरत छन् ।

समाजका सचिव गंगादत्त वस्ताकोटीले माडी नगरपालिकाले किसानलाई वितरण गरेको अनुदानको सदुपयोगबारे अनुगमन गर्नुपर्ने बताए । बस्ताकोटीले भने, ‘किसानमैत्री कार्यक्रम अन्र्तगत ४ प्रतिशत सहुलियत ब्याज अनुदान कार्यक्रममा १२ करोड रुपैयाँ साना किसान महिला सहकारी मार्फत वितरण गरिएको छ । ३ सय २४ जना कृषकले पाएको अनुदान रकम सही ठाउँमा सदुपयोग भए नभएको तथ्याङ्क निकाल्नुपर्छ ।’

माडी नगरपालिका–२ मा सबैभन्दा दूध उत्पादन हुने वडा हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य