२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

युरोपका आकाशमा छिट्टै नेपाली जहाज उड्नेछन् : पर्यटन मन्त्री भट्टराई

२०७६, २९ श्रावण बुधबार १२:४६

साउन २९, काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले छिट्टै युरोपका आकाशमा नेपाली जहाज उड्ने बताएका छन् । नेपालको पर्यटन क्षेत्रको प्रबर्द्धन सम्भावना तथा सहजीकरण सन्दर्भमा नेपाल चेम्बर अफ कमर्शले आयोजना गरेको कार्यक्रममा बोल्दै उनले युरोपियन युनियनले लगाएको प्रतिबन्ध छिट्टै हट्नेमा आशावादी रहेको बताएका हुन्। 


हामी भन्दा खराब अवस्थामा रहेका देशका एएरलाइन्सले युरोपियन युनियन आवद्ध देशका आकाशमा उडान गरिरहेका छन् पर्यटनमन्त्री भट्टराईले भने 'उहाँहरुले राखेका चासो हामीले पुरा गरेका छौं तरपनि यस्तो अवस्थामा हामीलाई किन रोकेको हो, मैले बुझेको छैन ।' आइकाओले गर्ने सेफ्टी अडिटमा नेपालको औसत भन्दा बढी अंक पाएको भन्दै उनले कालोसूची बाट हटाउन युरोपियन युनियनका अम्बासडरको ध्यानाकर्षण गरेको बताए । 

मैले युरोपियन युनियनलाई किन तपाइले हामीलाई कालोसूचीमा राख्नुहुन्छ भनेर सोधेको छु ? उनले भने 'आज ४ लाख नेपाली युरोपमा छन् अरु थप २ लाख बेलायतमा छन् यतिका संख्यामा नेपालीहरु ओहोरदोहोर गर्दा पनि किन हामीलाई रोक्नुहुन्छ ? कालोसुचि बाट हटाउनुपर्छ उनले भने 'युरोपसँग हाम्रो धेरै पुरानो सम्बन्ध छ' बेलायतमा सम्बन्ध स्थापित हुँदा हाम्रो अन्य कुनै देशमा सम्बन्ध स्थापित भएको थिएन।' 

मन्त्री भट्टराईले अध्यागमन छिट्टै स्मार्ट बनाउँदै स्मार्टअध्यागमनमा अन्य अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनमा भएका सरह सबै सुविधा हुने दाबी गरे । मन्त्री भट्टराईले नेपालमा हवाई इन्धनको उच्च मूल्यका कारण टिकट महङ्गो भएको भन्ने चौतर्फी गुनासो आएको भन्दै यसको समाधानका लागि छलफल सुरु गर्ने बताए । 

पर्यटन वर्ष २०२० लाई सफलपार्न नेपालका निजी विमान कम्पनीलाई अन्तराष्ट्रिय स्थलमा उडानका लागि अनुमति दिने क्रम जारी रहेको उनले बताए । बारा अन्तर्राष्ट्रिय बिमानस्थल पीपीपी मोडलबाट निर्माण हुने बताउँदै भट्टराईले त्यहाँ २४ लाख रुख काटिन अफवाह नफैलाउन सबैमा आग्रह गरे । उनले भने, 'ईआईए प्रतिवेदनले २ लाख रुख काट्ने भनेको रहेछ, २४ लाख भनेर अफवाह नफैलाइयोस् ।' मन्त्री भट्टराइले आफुले गर्न लागेका राम्रा कामको जानकारी दिंदै नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सबैको सहयोगको खाँचो रहेको बताए ।


चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले मन्त्री भट्टराईलाई नेपालको पर्यटन तथा उड्डयन क्षेत्रमा गर्नुपर्ने सुधारका लागि चेम्बरका तर्फबाट सुझाव दिएका थिए । उनले  सन् २०२० पर्यटन भ्रमण वर्ष सफल बनाउन सबै पर्यटकलाई भिसा शूल्क कम गर्न र पर्यटन आगमनको संख्या बढाएर त्यसबाट राजस्व वृद्धि हुने सुझाव दिए । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ग्राउण्ड हेन्डलिङ्ग, लैण्डिङ्ग शुल्कमा निकै सुधार आवश्यक रहेको भन्दै अध्यक्ष श्रेष्ठले मन्त्रीको ध्यानाकर्षण गराएका छन्। 

अध्यक्ष श्रेष्ठले ट्रेकिङ एजेन्सीले प्रयोग गर्ने सामान, ट्राभल एजेन्सिले प्रयोग गर्ने समान र होटलका सरसमानको बढी प्रयोगले राजस्व बढी उठ्ने हुदा सहलियतदिन माग गरे । कार्यक्रममा चेम्बरको लेटरहेडमा पर्यटन भ्रमण वर्ष २०२० को लोगो राखेर सार्वजनिक गरिएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी