साउन ३१, काठमाडौँ | प्रहरीले पक्राउ गरेका न्युज २४ टेलिभिजनका कार्यक्रम प्रस्तोता रवि लामिछानेका समर्थकले रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय चितवन अगाडि प्रर्दशन गरेको छन् । उनिहरुले नाराबाजी सहित प्रर्दशन गरेका हुन् ।
बिहिबार लामिछानेसंगै युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी चितवन लागेको थियो । उनिहरुलाई प्रहरी हिरासतमा राखेको चितवनका प्रहरी प्रमुख एसपी दान बहादुर मल्लले जानकारी दिएका छन् | आजै जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान सुरु गरिने प्रहरीको भनाई छ |