2026-09-01 12:35 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

हिरासतभित्र बन्दीहरुको भिडमा रबि लामिछाने कसरी बसेका होलान !

भदौ १, चितवन | पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणले चितवनको माहोल यतिबेला तातिरहेको छ । यही प्रकरणमा न्यूज २४ का कार्यक्रम प्रस्तोता रवि लामिछाने चितवन प्रहरीको हिरासतमा छन् । उनलाई रिहाइको माग गर्दै उनका प्रशंसकहरुले नाराबाजी गरिरहँदा हिरासतभित्र थुनुवाको रुपमा रहेका पत्रकार रवि लामिछाने के गर्देछन् भन्ने जिज्ञासा सबैलाई छ ।

 प्रायः मानिसहरु जेलमा बस्दा धेरै भन्दा धेरै पुस्तक पढ्ने गरेको त सबैले सुनेकै हो । लामिछानेले पनि चितवन प्रहरीको हिरासतलाई उपन्यास पढ्ने उपयुक्त थलो बनाएका छन् । बाहिर उनको फ्यानहरु नाराजुलुस र ढुंगामुढामा उत्रिरहँदा उनी भने हिरासतमा उपन्यास पढ्न मै व्यस्त छन् ।

 संचारकर्मी लामिछाने अहिले सुविन भट्टराईको चर्चित उपन्यास साया पढिरहेका छन् । हिरासतमा बन्दीहरुको भीडमा पनि म्याट ओछ्याइएको भूँइमा नै बसेर एक छेउमा गहिरिएर उपन्यास लगातार पढेको देखेपछि उनको किताब मोहलाई मानवअधिकार कर्मीहरुले पनि प्रशंसा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला