जेठ ९, ढाका । बंगलादेशमा समुद्री आँधी र वर्षाका कारण मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
रोआनु नाम दिइएको आँधीबाट पाँच लाख मानिसलाई सुरक्षित स्थानमा लगिसकिएको छ । धेरैजसो बन्दरगाह बन्द गरिएको छ भने देशभर विद्युत आपूर्ति बन्द भएको छ ।
आँधीको प्रभाव कम भए पनि वर्षा भने जारी छ । तल्लो तटीय क्षेत्रका २० लाखभन्दा बढी मानिसलाई सुरक्षित स्थानमा सारिँदै छ ।