२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा २५ चिकित्सकले एकैपटक सामूहिक राजीनामा दिए

५ भाद्र २०७६, बिहीबार १६:४३

भदौ ५,डदाङ |  दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीलगायत पदाधिकारीले पटकपटक चरम मानसिक पीडा दिएको, अपमान गर्ने गरेको भन्दै आज सामूहिक राजीनामा दिएका छन् । 

प्रतिष्ठानमा कार्यरत विभिन्न रोगका २५ विशेषज्ञ चिकित्सकले एकैपटक राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा फिजिसिएन डा जीतनारायण यादव, डा दिनेश उप्रेती, अर्थोपेडिक डा ओम अर्याल, डा अनिलप्रसाद यादव, डा सागर पन्थी, रेडियोग्राफी डा रामेश्वर देवकोटा, डा विक्रम बुढाथोकी, एनेस्थेसियालोजिष्ट डा सुरेन्द्र कवर, डा राजन शाक्य, पेडियाट्रिकस डा कृष्णहरि सुवेदी, गाईनेकोलोजिष्ट डा  वसन्त लामिछाने, सर्जन डा  ईश्वरी भुसाल, याम.डि.जि.पी डा अमित लाम्गाडे,  डर्माटोलिजिष्ट डा जेम महर्जन र कमिनिटी मेडिसियन डा वर्षा मानन्धर रहनुभएको छ । 

यस्तै मेडिकल अधिकृतहरु डा अभ्यास पोखरेल, डा कृष्ण रिजाल, डा गौरव आचार्य, डा अनिल खाम,  डा धना केसी, डा प्रितम डिसी, डा  राजेन्द्र फुलारा, डा  आयुष पौडेल उपाध्याय, डा सुर्वण बुढा र डा मनोज यादव रहनुभएको  छ । 

डाक्टरहरुलाई बिरामी जाँचको क्रममा पनि पटकपटक हस्तक्षेप गर्ने, मौखिक रुपमा अपमानको भाषा बोल्नेलगायतको कार्य गरेको भन्दै आज बिहानैदेखि चिकित्सकहरु आन्दोलित भएका थिए । दिउँसो प्रतिष्ठानका पदाधिकारीहरुसँग पटक पटक वार्ताको प्रयास भए पनि सहमति हुन सकेको थिएन । आज बेलुकी त्यहाँ कार्यरत सम्पूर्ण डाक्टरहरुले सामूहिक छलफल गरी प्रतिष्ठानको मानसिक यातना सहन नसक्ने भन्दै सामूहिक राजीनामा बुझाएका हुन् । 

रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव