Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङमा २५ चिकित्सकले एकैपटक सामूहिक राजीनामा दिए

२०७६, ५ भाद्र बिहीबार १६:४३

भदौ ५,डदाङ |  दाङको घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत चिकित्सकले सामूहिक राजीनामा दिएका छन् । प्रतिष्ठानका उपकुलपति डा सङ्गीता भण्डारीलगायत पदाधिकारीले पटकपटक चरम मानसिक पीडा दिएको, अपमान गर्ने गरेको भन्दै आज सामूहिक राजीनामा दिएका छन् । 

प्रतिष्ठानमा कार्यरत विभिन्न रोगका २५ विशेषज्ञ चिकित्सकले एकैपटक राजीनामा दिएका हुन् । राजीनामा दिनेहरुमा फिजिसिएन डा जीतनारायण यादव, डा दिनेश उप्रेती, अर्थोपेडिक डा ओम अर्याल, डा अनिलप्रसाद यादव, डा सागर पन्थी, रेडियोग्राफी डा रामेश्वर देवकोटा, डा विक्रम बुढाथोकी, एनेस्थेसियालोजिष्ट डा सुरेन्द्र कवर, डा राजन शाक्य, पेडियाट्रिकस डा कृष्णहरि सुवेदी, गाईनेकोलोजिष्ट डा  वसन्त लामिछाने, सर्जन डा  ईश्वरी भुसाल, याम.डि.जि.पी डा अमित लाम्गाडे,  डर्माटोलिजिष्ट डा जेम महर्जन र कमिनिटी मेडिसियन डा वर्षा मानन्धर रहनुभएको छ । 

यस्तै मेडिकल अधिकृतहरु डा अभ्यास पोखरेल, डा कृष्ण रिजाल, डा गौरव आचार्य, डा अनिल खाम,  डा धना केसी, डा प्रितम डिसी, डा  राजेन्द्र फुलारा, डा  आयुष पौडेल उपाध्याय, डा सुर्वण बुढा र डा मनोज यादव रहनुभएको  छ । 

डाक्टरहरुलाई बिरामी जाँचको क्रममा पनि पटकपटक हस्तक्षेप गर्ने, मौखिक रुपमा अपमानको भाषा बोल्नेलगायतको कार्य गरेको भन्दै आज बिहानैदेखि चिकित्सकहरु आन्दोलित भएका थिए । दिउँसो प्रतिष्ठानका पदाधिकारीहरुसँग पटक पटक वार्ताको प्रयास भए पनि सहमति हुन सकेको थिएन । आज बेलुकी त्यहाँ कार्यरत सम्पूर्ण डाक्टरहरुले सामूहिक छलफल गरी प्रतिष्ठानको मानसिक यातना सहन नसक्ने भन्दै सामूहिक राजीनामा बुझाएका हुन् । 

रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राप्रपा छाडेका धवलशमशेरले गरे नयाँ पार्टी खोल्ने घोषणा मलेसियाविरुद्ध नेपालले पहिला ब्याटिंग गर्दै विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा ४ जना पक्राउ सुनचाँदीको मूल्यमा सामान्य गिरावट मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित