७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सिन्धुपाल्चोकको टेकनपुरस्थित सुनकोशी नदीमा पक्की पुलको आज उट्घाटन

७ भाद्र २०७६, शनिबार १३:४३

भदौ ७, सिन्धुपाल्चोक | भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारको तीन वर्षको अवधि आवश्यक ऐन कानून बनाउँदैमा बितेको बताउनुभएको छ । उहाँले अबको बाँकी अवधिमा जनताले नपत्याउने ढङ्गले तीव्र रुपमा विकास गरेर देखाउने दाबी गर्नुभयो । 

सिन्धुपाल्चोकको टेकनपुरस्थित सुनकोशी नदीमा निर्मित पक्की पुलको आज उट्घाटन गर्दै मन्त्री महासेठले पुल बनेर मात्र सबै कुरा पूर्ण नहुने हुँदा यस क्षेत्रका आसपासका सडक पनि बन्नुपर्ने र त्यसको लागि सरकारले प्रथमिकतामा राखेको बताउनुभयो । उहाँले जिल्लामा निर्माणाधीन सबै पुल आगामी आवभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

मन्त्रालयका सचिव देवेन्द्र कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले पर्यटकीय सम्भावना बोकेको तौथली क्षेत्रमा पुल निर्माणपछि थप योगदान पुग्ने विश्वास व्यक्त गर्नुभयो । सांसद अग्निप्रसाद सापकोटाले देशको समग्र विकासको लागि सङ्घीय सरकारले स्थानीय सरकारको कुरा सुन्नुपर्नेमा जोड दिनुभयो । प्रदेशसभा सदस्य सरेश नेपालले पुल निर्माणपछि यस क्षेत्रको उत्पादनलाई बिक्री वितरण गर्ने ढङ्गले लाग्नुपर्ने बताउनुभयो । 

सडक डिभिजन कार्यालय दोलखाको रु १० करोडमा निर्माण सम्पन्न भएको उक्त पुल तीन वर्षमा सम्पन्न गर्न ‘गोल्डेन गुड सोवर्ण भण्डारी जेभी’सँग २०७३ चैतमा ठेक्का सम्झौता भएको थियो । पुलको लम्बाइ ९२ मिटर रहेको छ । पुल निर्माण भएसँगै लामोसाघु, टेकनपुर, तौथली, खरिढुङ्गा हँुदै दोलखा पुग्न सहज हुने बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या