२० मंसिर २०८२, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रदेश २ को ४ प्रतिशत हरियाली क्षेत्रबाट ४० प्रतिशत बढाउने योजना

७ भाद्र २०७६, शनिबार १६:४६

महेश सिंह | भदौ ७, सिरहा । दिन प्रति दिन भइरहेको प्रदुषणलाई न्यूनीकरण गर्ने उद्देश्यले प्रदेश नं. २ ले हरित प्रदेश अभियान अन्तर्गत वृक्षारोपण अभियान थालनी गरेको छ । 

अभियानको उद्घाटन गर्दै प्रदेश नं. २ का उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले कम क्षेत्रफल र बढी जनसंख्या रहेको २ नं. प्रदेशमा चार प्रतिशत भू भागमा मात्रै वन जंगल रहेकोले वृक्षारोपण कार्यको शुभारम्भ गरिएको वताउनुभयो । 


धनगढीमाई नगरपालिका वडा नं. ६ स्थित गागन खोलाको शिव गंगा सामुदायिक वनको करिव २० हेक्टर जग्गामा वृक्षारोपण कार्यको थालनी गर्दै मन्त्री मण्डलले प्रदेश नं. २ अन्तर्गतको आठ वटा जिल्लाको लागि करिव ४० प्रतिशत वन जंगल आवश्यक रहे पनि दिन प्रति दिन वन फडानीले प्रदुष्णको साथसाथै भूक्षयको पनि स्थानीयहरु सिकार भइरहेको वताउनुभयो । मन्त्री मण्डलले हरित प्रदेश अभियान वृक्षारोपण अन्तर्गत आठ वटै जिल्लामा दुई सय हेक्टरमा खयर, टिक, गमहाइर लगायत विभिन्न प्रजातीका गरी झण्डै तीन लाख ६ हजार विरुवा रोपिने अभियान रहेको वताउनुभयो । 


डिभिजन वन कार्यालयका प्रमुख सुभाषचन्द्र दासले प्रदेश नं. २ को कार्यक्रम र डिभिजन वन कार्यालयको कार्यक्रम सँगसँगै लिएर जाने बताउँदै उहाँले अवको दुई वर्षभित्रमा सिरहास्थित रहेको सम्पूर्ण ऐलानी पर्ति जग्गामा विरुवा रोपन कार्य सम्पन्न गरिने वताउनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, सशस्त्र प्रमुख, नेपाली सेना प्रमुख, डिभिजन वन कार्यालय सिरहाका प्रमुख, स्थानीय राजनीतिक दलका प्रतिनिधिहरुको उपस्थिति रहेको सो कार्यक्रमको आयोजना डिभिजन वन कार्यालय सिरहाले गरेका थिए ।



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो सवारी चालक र सहचालकप्रति हेर्ने दृष्टिकोण सकारात्मक हुनुपर्छः मन्त्री गुप्ता मानसिक स्वास्थ्य सुधारका लागि मनोपरामर्शसँगै आध्यात्मिक जीवनशैली उपयोगी हुन्छः स्वास्थ्यमन्त्री गौतम विभिन्न संस्थान र निकायमा सरकारको नौ खर्ब ३० अर्ब लगानी दिल्लीमा मोदी–पुटिन भेट : रणनीतिक साझेदारीको नयाँ चरण प्रधानमन्त्री कार्कीको आह्वानमा आज सर्वपक्षीय बैठक बस्दै अस्ट्रेलियामा चार अर्ब ६० करोड डलरको एआई केन्द्र आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस, विश्व माटो दिवस पनि आजै समानुपातिक निर्वाचन प्रणालीतर्फ भाग लिने दलहरूलाई निवेदन दिन आह्वान