2026-07-06 12:50 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

आगोले जलेका बालकलाई आर्थिक सहयोग

2019-08-28

भदौ १०, खोटाङ | तीन पटक अगेनामा परेर देव्रे खुट्टाको घुंडा जलेर घाईते भएका बालक सुर्य प्रकाश राईलाई राहत रकम प्रदान गरिएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–५ लफ्याङ दोरुङका पुर्णरुपमा अपांग भएका १२ वर्षीय सुर्यलाई १५ हजार बढी राहत रकम प्रदान गरिएको हो ।

गएको जेठको दोश्रो हप्ता तेश्रो पटक घुंडामा आगोले जलेर घरायसी उपचारका कारण किरा नै परेपछि १ भदौबाट जिल्ला अस्पताल दिक्तेलमा उपचाररत उनलाई सुर्य प्रकाश राई आर्थिक सहयोग समितिको पहलमा एकैदिनमा २२ जनाबाट संकलित १५ हजार ८ सय पाँच रुपैयाँ राहत रकम प्रदान गरिएको आर्थिक संयोजक सविता भुजेलले बताईन् । मंगलबार साँझ अस्पताल परिसरमा एक कार्यक्रम गरी राहत रकम नेकपा खोटाङका सचिव राम प्रसाद दंगाल, खोटाङ कांग्रेस नेतृ डिल्लीकुमारी आचार्य लगायतले एकसाथ अग्नि पिडित सुर्यका बुबा कुन्दन राईलाई प्रदान गरे ।

आर्थिक रुपमा अत्यन्तै कमजोर परिवारका सुर्यको उपचार, पालनपोषण र शिक्षादिक्षामा सहयोग पुगोस भन्ने उद्देश्यले किरणजीत राईको संयोजकत्वमा १३ सदस्यीय समितिले आजैबाट भदौ २७ गतेसम्म सहयोग रकम संकलन थालेको छ । आर्थिक रुपमा कमजोर परिवार, आफैमा पुर्णरुपमा अपांग सुर्यलाई केही मात्रामा भए पनि सहयोग पु¥याउने हेतुले आर्थिक सहयोग संकलन अभियान थालनी गरिएको संयोजक राईले बताए । मानवीय संवेदनासँग जोडिएको यस अभियानमा सवैले ऐक्यबद्धता जनाउन समेत संयोजक राईले आग्रह गरे । बालकको अवस्थामा पनि क्रमिक रुपमा सुधार हुंदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली राष्ट्रिय सभाको बैठक सुरु जे आश्वासन र भ्रम दिएर सरकार बनेको थियो, त्यसअनुसार सरकार पूर्ण असफल भएको देख्छु: प्रचण्ड जुवातास खेलिरहेका ११ जना पक्राउ सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै