2026-09-13 03:30 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

प्रहरीद्वारा कुटपीटको घटना छानबिन गर्न समिति गठन

 भदौ १३,जनकपुरधाम । जनकपुरधामको जानकी चोकमा नरिवल बेच्ने एक बालक र भिडियो खिच्ने एक व्यक्तिलाई प्रहरीले कुटपिट गरेको घटना छानबिनका लागि प्रहरीले समिति गठन गरेको छ । बिहीबार दिउँसो भएको उक्त घटनालाई छानबिनका लागि जिल्ला प्रहरी कार्यालयका डीएसपी सन्तुलाल प्रसाद जैसवारको नेतृत्वमा पाँच सदस्यीय छानबिन समिति गठन गरिएको छ । 

समितिमा एक जना प्रहरी निरीक्षक, एक जना प्रहरी नायव निरीक्षक, एक जना हबल्दार र एक जना जवान रहेका छन् ।

धनुषाका प्रहरी प्रवक्ता रामेश्वर कार्कीले सामाजिक सञ्जालमा भनिएझैं कुनै प्रहरीले कसैसँग रकम माग नगरेको बताए । उनले ठेलावाला व्यापारी तथा स्थानीय बासिन्दालाई दुर्व्यबहार गर्ने पर्यटक प्रहरीमा कार्यरत प्रहरी कर्मचारीको पहिचान भइसकेको र विभागीय कारबाहीको प्रक्रिया सुरु भइसकेको जानकारी दिए ।

जानकी मन्दिर परिसरमा रहेका भित्री पसल टहरालाई हटाउन हटाउने क्रममा मन्दिरमा खटिएका पर्यटक प्रहरी र ठेलाबालाबीच विवाद भएको प्रहरीले जनाएको छ । उक्त विवादलाई भिडियो बनाई प्रहरीले पैसा माग्दा नदिएकोले कुटपिट गरेको भनी सामाजिक सञ्जालमा राखेको विषयमा पर्यटक प्रहरी र स्थानीय युवाबीच विवाद भएको थियो ।

त्यही विवादका क्रममा सामान्य धकेलाधकेल भएको प्रहरीको भनाइ छ । यद्यपी नरीवल बेच्ने रोशन चौधरीले आफूसँग रकम मागेको र नदिएपछि प्रहरी जवान प्रेमशंकर यादवले कुटपिट बताएका छन् ।बालकलाई कुट्दै गरेको भिडियो खिच्ने स्थानीय सुशील कर्णलाई समेत प्रहरीले कुटेपछि स्थानीयहरु बिहीबार टायर बालेर प्रदर्शन गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन