Skip to content
Friday, July 17, 2026 Nepali Online Media

अपहृत बालकलाई चार दिनपछि सकुशल उद्धार

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ १३, सिरहा | चार दिनअघि सिरहाको बन्दीपुरबाट अपहृत एक बालकलाई प्रहरीले आज सकुशल उद्धार गरेको छ । बालक अपहरणमा संलग्न एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।

अपहरणमा परेका रौतहटको कटहरिया नगरपालिका–६ घर भई सिरहाको कर्जन्हा नगरपालिका–२ बन्दीपुरमा शङ्कर कार्कीको घरमा डेरा बस्ने बच्चा यादवका छोरा ५ वर्षीय शिवम यादवलाई भारतीय सीमावर्ती क्षेत्रबाट सकुशल उद्धार गरेको हो ।

जिल्ला प्रहरी कार्यालय सिरहाले आज पत्रकार सम्मेलन गरी बालकको अपहरणमा संलग्न रहेको आरोपमा पक्राउ परेका भारतको सीतामढी बस्ने शोभित मुखियालाई सार्वजनिक गर्दै बालकलाई अभिभावकको जिम्मा लगाइएको छ ।

मुखियाले आफ्नी पत्नीलाई भगाउन सहयोग गरेको आरोप लगाउँदै भारतको विहार सीतामढीका मुखियाले बच्चा यादवको ५ वर्षीय छोरा शिवमलाई गत मङ्गलबार अपहरण गरेका थिए । मुखियाले पत्नी सुरेखालाई भगाउन बालकका बुबाआमाले सहयोग गरेको आरोप लगाउँदै शिवमलाई अपहरण गरेका थिए ।

अपहृत बालकका आमाबुवा र मुखिया विगत छ महीनादेखि बन्दीपुरस्थित कार्कीकै घरमा छुट्टाछुट्टै डेरा गरी बस्दै आएका थिए । चटपटे व्यवसाय गर्ने मुखिया बाहिर गएको बेला भदौ २ गते उहाँकी पत्नी सुरेखा मुखिया भागेपछि शोभितले आफ्नो पत्नी भगाउन बच्चा यादव र उहाँकी पत्नी सुखनीदेवी यादवले सहयोग गरेको आरोप लगाइरहेका थिए । यही क्रममा यादव दम्पतीलाई पत्नी फर्काउन दबाब दिन शोभितले शिवमको अपहरण गरेको अनुसन्धानबाट खुलेको सिरहाका प्रहरी उपरीक्षक उमाप्रसाद चतुर्वेदीले जानकारी दिनुभयो ।

बालकको अपहरण गर्ने शोभितले बारम्बार यादव दम्पतीलाई फोन गरेर मेरो पत्नीलाई फिर्ता गरिदे, छोरालाई लिएर जा भन्दै फोन गरेकाले लोकेशन पत्ता लगाउँदै गएपछि शोभितलाई बालकसहित पक्राउ गर्न सफल भएको प्रहरी उपरीक्षक चतुर्वेदीले बताउनुभयो ।