2026-08-24 02:40 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मोरङ्ग - MRG

दुर्घटनाबाट सबैभन्दा बढीको मृत्यु मोरङमा

भदौ १५, मोरङ | ‘हर प्रहर, गाउँ र नगरी, टोलटोलमा नेपाल प्रहरी’ प्रमुख नाराका साथ ट्राफिक प्रहरीले आज यहाँ सचेतना कार्यक्रम गरेको छ । खासगरी सवारी दुर्घटनालाई न्यूनीकरण गर्ने उद्देश्यले आयोजित सो कार्यक्रममा प्रदेश नं १ मा सबैभन्दा बढी दुर्घटनाबाट मृत्यु हुने जिल्ला मोरङ देखिएको छ ।

आर्थिक वर्ष २०७५/७६ मा प्रदेशभरिमा सवारी दुर्घटनाबाट ३६४ को मृत्यु भएको छ भने आर्थिक वर्ष २०७४/७५ मा ४२४ र सोभन्दा अघिल्लो वर्षमा ४५८ को मृत्यु भएको प्रदेश नं १ का ट्राफिक प्रहरी प्रमुख भीम दाहालले जानकारी दिनुभयो । दुर्घटनाबाट मृत्यु हुनेमा सबैभन्दा बढी मोरङमा २९.७१ प्रतिशत छ ।

चालू आर्थिक वर्षमा साउनमा मात्र ४३.७५ प्रतिशत र भदौ महीनामा अहिलेसम्म २२.२२ प्रतिशत मृत्युको तथ्याङ्क मोरङकै रहेको प्रमुख दाहालले जानकारी दिनुभयो । निर्माणाधीन सडक र ढल, मालबाहक सवारी साधनको चाप, अपर्याप्त बिसौनी, सडक अतिक्रमण, फुटपाथमा व्यापार, ट्राफिक बत्ती र सडक सङ्केतको अभाव, अव्यवस्थित तीनपाङ्ग्रे सवारीसाधनको चाप र सडकसँग जोडिर लाग्ने साप्ताहिक हाटबजार दुर्घटनाका प्रमुख कारण भएका बताइएको छ ।

रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परराष्ट्रमन्त्री खनाल सर्बिया जाने महिला हिंसा रोक्न कडा कानुनी सजायको व्यवस्था गर्न सांसद क्षेत्रीको माग गरिमा चौधरीको हत्यामा संलग्न आरोपमा थप एक जना पक्राउ लाल आयोगको प्रतिवेदन तत्काल सार्वजनिक गर्न गगन थापाको माग सोमबार सुनको मूल्य ३,२०० रुपैयाँले बढ्यो, चाँदीमा भने गिरावट वाईबी राईद्वारा मलेसिया रोजगारीको ‘सिण्डिकेट’ मा आफ्नो संलग्नता आरोप अस्वीकार विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा २ जना पक्राउ रास्वपाको नीति–कार्यक्रम माथिल्लो वर्गको हितमा मात्रै छ : झलनाथ खनाल विश्वप्रकाश शर्माको अपिल: अदालत होइन, पार्टी कार्यालयमै बसेर कांग्रेसको विवाद समाधान गरौँ सामाजिक सञ्जालमा अनेकौँ पेज सञ्चालन गर्दैमा पार्टी बलियो बन्दैन : दीपक खड्का म्याग्दीबाट मुस्ताङतर्फ अघि बढे प्रधानमन्त्री बालेन गरिमा चौधरीलाई न्याय माग्दै काठमाडौँमा प्रदर्शन यो सरकार पाँच वर्ष कुनै हालतमा जाँदैन : केपी ओली पहिरो खसेपछि पासाङल्हामु सडक पूर्ण रूपमा अवरुद्ध अनुदानको मल कालोबजारी गरेको आरोपमा तीन जना पक्राउ गरिमाको हत्यामा गृहमन्त्रीको स्पष्ट सन्देश: ‘दोषी उम्कनु हुँदैन, निर्दोष फस्नु हुँदैन’ मतदाता नामावली अद्यावधिक गर्न निर्वाचन आयोगको अनुरोध राष्ट्रियसभाबाट ‘नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक’सर्वसम्मतिले स्वीकृत रास्वपामा तीन पदाधिकारीसहित ४२ केन्द्रीय सदस्य अर्को बैठकबाट मनोनीत हुने साताको अन्तिम दिन घट्यो नेप्से