2026-09-13 02:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीका ‘मिटरब्याजी’ श्याम परदेशी पक्राउ

भदौ १६, सर्लाही | सर्लाहीमा स्थानीय सर्वसाधारणलाई पैसा ब्याजमा लगाई ठगी गर्ने श्यामकृष्ण शाह ‘परदेशी’लाई प्रहरीले पक्राउ गरेको छ । नक्कली तमसुक बनाई सर्वसाधारणलाई ठगी गरेको विषयमा छानबिन गर्न प्रहरीले उनलाई मलंगवा–१० स्थित घरनजिकैबाट पक्राउ गरेको हो ।

प्रदेश २ प्रहरीका कार्यालयका सूचना अधिकारी डीएसपी ज्ञानकुमार महतोले शाहलाई पक्राउ गरिएको पुष्टि गरे । जिल्ला प्रहरी कार्यालय, सर्लाहीले आइतबार साँझ शाहलाई पक्राउ नियन्त्रणमा लिएर अनुसन्धान थालेको प्रहरीले जनाएको छ |

महतोका अनुसार लालबन्दी–४ की रुकमणि चौधरीले ठगी सम्बन्धी कसूरमा ६ भदौमा दिएको किटानी जाहेरीका आधारमा उनलाई पक्राउ गरिएको हो । ‘साढे ४ लाख रुपैयाँ ऋण लिएकोमा जबरजस्ती १५ लाख रुपैयाँको कपाली तमसुक बनाएको भन्ने व्यहोरामा जोहरी प्राप्त भएको छ’, उनले सुनाए, ‘ठगिएको भनेर उजुरी आएपछि खोजी थालेका थियौं ।’

पक्राउ परेका परदेशीबाट ४७ जना भन्दा बढी ठगिएको जनाइएको छ । उनीहरु न्यायको खोजी गर्दै काठमाडौंसम्म आइपुगेका थिए । उनीहरु मध्ये अधिकांशले त्रासका कारण प्रहरीमा जाहेरी पनि नदिएको जनाइएको छ ।

सर्लाहीका जिल्ला स्तरीय नेताको सहयोगमा काठमाडौं आइपुगेका उनीहरुले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’, नेता नारायणकाजी श्रेष्ठ लगायतसँग भेटेर गुनासो राखेका थिए ।

काठमाडौं आएका अधिकांशलाई शाहले चर्को व्याजमा ऋण प्रवाह गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन