2026-09-13 02:39 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सर्लाहीको भूमिसुधार तथा मालपोत कार्यालयमा अनलाइन सेवा शुरु

भदौ १६, सर्लाही | प्रविधिको अधिकतम प्रयोग गर्दै सेवालाई चुस्त र पारदर्शी बनाउने उद्देश्यले भूमिसुधार तथा मालपोत कार्यालय सर्लाहीमा अनलाइन सेवा शुरु गरिएको छ । 

कार्यालयले पहिलो सेवाग्राही कविलासी नगरपालिका हेमपुरका नरेन्द्रकुमार यादवलाई जिल्ला समन्वय समिति सर्लाहीका प्रमुख मेथुर चौधरीले जग्गाधनी दर्ता प्रमाण पूर्जा हस्तान्तरण गरेर औपचारिक रुपमा आजदेखि सो सेवाको शुभारम्भ गर्नुभएको हो । 

अनलाइन प्रविधिबाट सबै काम हुने भएपछि सुरक्षाको चिन्ता नहुने, अर्काको जग्गा अर्कैले किनबेच गर्न नसक्नेजस्ता व्यवस्थाले सेवाग्राहीलाई प्रत्यक्ष फाइदा पुग्ने सरोकारवालाको भनाइ छ । अनलाइन प्रविधिमा गएपछि सबै कागजातको स्क्यान गरेर सेभ गर्ने प्रविधि रहेकाले थप सहजता हुने मालपोत कार्यालय सर्लाहीका प्रमुख गोपाल बरालले बताउनुभयो । नमूनाका रूपमा सेवा थालिएकाले यसबाट सेवाग्राहीलाई भरपुर फाइदा पुग्ने गरी कामअघि बढाइने दाबी उहाँको छ । 

कार्यालय प्रमुख बरालले भन्नुभयको, “यो प्रविधिले कुन व्यक्तिको नाउँमा कति जग्गा छ, त्यसको बारेमा जानकारी पाउन सकिन्छ । यो सेवा नहुँदा एउटै व्यक्तिको नाउँमा धेरै ठाउँमा जग्गा हुँदा छुट्टाछुट्टै रेकर्ड थियो तर अब देशको छुट्टाछुट्टै ठाउँमा जग्गा खरीद गरेपनि उसको एकै ठाउँमा रेकर्ड देखिन्छ ।” 

“अनलाइन प्रविधिले हदबन्दीभन्दा बढी जग्गा पास हुँदैन्, रेकर्डहरु दुरुस्त हुँदै जान्छ, कर्मचारी सुरक्षित हुने र कुन शीर्षकमा कति राजश्व उठ्यो, यसबारे केन्द्रलाई पनि जानकारी हुन्छ”, उहाँले भन्नुभयो ।

यो प्रविधि लागू भएको आज पहिलो दिनमा १० जना सेवाग्राहीले जग्गाधनी दर्ता प्रमाण पूर्जा प्राप्त गरेको कार्यालयले जनाएको छ । सेवा सञ्चालनका लागि भूमि सुधार तथा मालपोत विभागबाट आउनुभएका कम्प्युटर इञ्जिनीयर विमलमान श्रेष्ठले अब जग्गाको कुनै पनि काम गर्दा यसअघि जस्तो झन्झट व्यहोर्नुनपर्ने बताउनुभयो । अनलाइन सेवा शुरु भएकाले सेवाग्राहीले चाहेजस्तो सेवा पाउन सक्ने उनको भनाइ थियो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन