2026-07-04 12:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पश्चिमी रुकुम - RKM

तीजकै दिन खुर्पा प्रहार गरि श्रीमतीको हत्या

2019-09-03

भदौ १७,रुकुम | खुर्पा प्रहार गरी एक व्यक्तिले श्रीमतीको हत्या गरेका छन् । मुसिकोट नगरपालिका–३ माछिमीका २७ वर्षीय नवीन खड्काले २५ वर्षीया श्रीमती कमला बुढाथोकी खड्काको गए राति हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

अत्यधिक मदिरा सेवन गरी सोमबार तीजका दिन बेलुकी ८ः०० बजेको समयमा नवीनले श्रीमती कमलाको हत्या गरेको प्रहरी नायब उपरीक्षक सुमित खड्काले जानकारी दिए । श्रीमतीको हत्या गरी फरार रहेका नवीनलाई आज बिहान २ः१५ बजेको समयमा घर नजिकैको जङ्गलमा लुकेर बसेको अवस्थामा पक्राउ गरिएको प्रहरी नायब उपरीक्षक खड्काले बताए । 

उनीसँगै श्रीमतीलाई प्रहार गरेको खुर्पा पनि बरामद गरिएको छ । उनले के कारणले श्रीमतीको हत्या गरेका हुन् भन्ने कारण खुलिनसकेको प्रहरीले जनाएको छ । घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुशासन र विधिको शासन दिन नसके त्यस्तो सरकारको आयु र प्रभाव क्षणिक मात्र हुन्छ: शंकर पोखरेल दैलेख दुर्घटना : पाँच जनाको सनाखत ट्राफिक प्रहरीद्वारा पछिल्लो २४ घण्टामा २० लाख बढी राजस्व सङ्कलन नागरिकलाई सम्बोधन गर्ने र सुशासनको सवालमा सरकार सफल भएको छ : रवि लामिछाने राज्यले संवैधानिक अधिकार मिच्ने गरी कानुन ल्यायो भने राष्ट्रवादी, संघीयता र गणतन्त्रका विरोधीहरू जेल भर्ने आन्दोलन गर्छौं: धवलशम्शेर राणा प्रदेश संरचनालाई बोझिलो होइन, प्रभावकारी बनाउन जरुरी छ: रवि लामिछाने बैतडीमा यात्रुवाहक बस दुर्घटना आज नेप्से परिसूचक घट्यो शिक्षामा राजनीति भयो भन्छौँ, त्यो राजनीति होइन, दलीयकरण थियो: गगन थापा राष्ट्रियसभाको लाइभमा अडियो समस्या भएपछि बैठक २० मिनेटका लागि स्थगित संवैधानिक परिषद्को बैठक बस्दै आज २५ अर्बको ऋणपत्र जारी हुँदै पेट्रोलपम्प बन्द गर्नेविरुद्ध सरकारको कडा कदम, १० लाख जरिवाना, १५ दिन बिक्री-वितरण रोक्का शुक्रबार सुनचाँदीको मूल्य बढ्यो नयाँ बसपार्कमा यात्रुलाई दुःख हैरानी दिने २३ जना पक्राउ वैदेशिक क्षेत्रसँग वित्तीय सम्बन्ध नै टुट्ने भएकाले हामी ग्रे लिष्टबाट निष्कनुपर्छ: अर्थमन्त्री वाग्ले लोकतन्त्रमा सरकारको समर्थन गर्न पाइन्छ र विरोध गर्न पनि पाइन्छ: ज्ञानेन्द्र शाही विष्णु पौडेललाई थप ६ दिन हिरासतमा राख्न अनुमति सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको यात्रुबाहक माइक्रो कर्णाली नदीमा खस्यो सबै प्रदेशमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला विस्तार गर्छौं : महावीर पुन