2026-09-12 08:34 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

राष्ट्रिय प्रसारण लाइनमा जोडियो नौमुले

भदौ २२, दैलेख । स्थानीय सरकार सञ्चालन भएको दुई वर्षपछि नौमुले गाउँपालिका नेपाल विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।  बत्तीका लागि उपभोक्ताको माग सङ्कलन गर्दा एकै दिनमा १५० उपभोक्ताले बत्ती माग गरेका छन् । नेपाल विद्युत् प्राधिकरणको जिल्लास्थित कार्यालयमा ५० वटा मात्र मिटर भएकाले थप मिटरका लागि क्षेत्रीय कार्यालयमा माग गरिएको निमित्त कार्यालय प्रमुख पूर्ण खत्रीले जानकारी दिनुभयो । 

तत्काल गाउँपालिका केन्द्र रहेको आसपास करीब ३०० उपभोक्ताले बत्ती बाल्ने अवसर प्राप्त गर्ने गरी तयारी थालिएको नौमुले गाउँपालिकाका अध्यक्ष भदे बुढामगरले बताउनुभयो । हामीले तत्काल मिटर उपलब्ध गराइदिन जिल्लामा खबर गरिसकेका छौँ, दशैँ अगाडि नै उपभोक्ताको घरमा बत्ती बाल्न गाउँपालिकाले पनि सकेसम्म सहयोग गर्ने अध्यक्ष बुढामगरको भनाइ छ ।

 नौमुले गाउँपालिकाभित्र चार जलविद्युत् आयोजना निर्माणको क्रममा छन् । द्धारीखोला जलविद्युत् आयोजनाले विगत दुई वर्षदेखि नौमुलेबाट विद्युत् उत्पादन शुरु गरेर दैलेख र सुर्खेतका बासिन्दालाई विद्युत् सेवा आपुर्ति गरेको भए पनि नौमुले आफँै बत्तीमुनिको अँध्यारोमा रहेको छ । गाउँपालिकाको सदरमुकाम नौमुले बजारमा बत्ती बलेपछि पालिकाको दैनिक काममा समेत सजिलो हुने भएको छ । सोलारबाट कामकाज चलाउँदै आएको गाउँपालिकाका काममा सहजता हुने नौमुले गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद कोइरालाले बताउनुभयो ।

यसअघि स्थानीयस्तरमै उत्पादन भएको साना जलविद्युत् आयोजनाले बिहान–बेलुका मात्रै बत्ती बाल्दै आएका स्थानीयवासी केन्द्रीय प्रसारण लाइनको बत्ती आएपछि खुशी भएको भए पनि तत्काल जिल्लाले मिटर उपलब्ध गराउनुपर्ने स्थानीय शशिराम विकको भनाइ छ ।

नौमुले गाउँपालिकामा निर्माणको अन्तिम चरणमा रहेको पदमखोला जलविद्युत् आयोजनाले भदौको अन्तिममा ४ दशमलव ७५ मेगावाट क्षमताको बत्ती उत्पादन शुरु गर्ने भएको छ । योसँगै नौमुलेबाट ८.५ मेगावाट बत्ती उत्पादन हुनेछ । अन्य दुई जलविद्युत् आयोजना निर्माणको तयारीमा रहेको गाउँपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन