२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारलाई खेलौना बनाउने काम बन्द गर्नुस् : अर्थमन्त्री

२०७६, २२ भाद्र आईतवार ०६:१३

भदौ २२, काठमाडौँ |  अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार सुद्धिढ पूँजीबजार विकासको पक्षमा रहेको बताउँदै  शेयर बजारलाई खेलौना बनाउने काम बन्द गर्न चेतावनी दिएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को १० औं वार्षिकोत्सव तथा साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री डा. खतिवडाले सो चेतावनी दिएका हुन् ।


शेयर बजारप्रतिको विश्वास बढाईरहनु सरकारको दायित्व हो अर्थमन्त्री खतिवडाले भने 'बजारलाई खेलौना बनाउने काम बन्द गर्नुस्, आगोसँग खेल्दा आफै जल्न पनि सकिन्छ ।' मुलुकको आर्थिक वृद्धिमा सुधार हुँदै गर्दा शेयर बजारको बारेमा गुनासो सुन्नुपर्ने अवस्था दु:खद रहेको उनले बताए । शेयर बजार खस्किएको अवस्थामा  शेयर लगानीकर्तालाई चिन्ता लाग्नु स्वभाविक हो, मलाई पनि मुलुकको आर्थिक वृद्धि उकास्ने चिन्ता छ उनले भने 'लगानीको आवश्यकता पुरा गर्न पूँजीबजारको भुमिका परिपूरक हुन्छ, सृद्धिढ पूँजी बजारको विकास सरकार चाहान्छ।'


अर्थमन्त्रीले भने 'मुलुकमा लगानीको वातावरण बढेको, रोजगारीका अवसरहरु बढेका छन् । बैंक तथा बीमा क्षेत्रको पहुँच पछिल्लो दुई वर्षमा उल्लेखीय रुपमा बढेको छ । बैंक तथा बीमा कम्पनीहरुको नाफा बढेको छ। उद्योगहरुको क्षमता विस्तार भएको छ । सेवा क्षेत्रको विस्तार भइरहेको छ । तर शेयर बजारमा गुनासो सुन्नु परेको छ ।' अर्थमन्त्रीले भने । कर, तरलताका विषय सुनियो । पूँजीगत लाभकरको बिषय समाधान हुने क्रममा रहेको छ । पूँजीबजारको विकासको जिम्मेवारी लिएर बसेका निकायहरुले धितोपत्र बोर्ड, नेप्सेले जवाफदेही र जिम्मेवारपूर्वक काम गर्नुपर्यो । बल पास गर्ने काम बन्द गर्नुपर्छ ।'  उनले नियामकहरुको नियामक अर्थमन्त्रालय बन्नु पर्ने अवस्था आउन नदिन पनि सरोकारवालाहरुको ध्यानकर्षण गराए ।

साथै अर्थमन्त्री खतिवडाले मुलुकभित्रैबाट देशको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले अर्थतन्त्रको सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न मुलुक भित्रबाटै मानिसहरु परिचालित भएको दाबी गरे । सरकारले सार्वजनिक गरेको तथा निजी क्षेत्रले छाप लगाएर सार्वजनिक गरेको तथ्यांकलाई मिथ्या भन्दै अन्तर्राष्ट्रिय संस्थामा रिपोर्टिङ गरिएको छ’, खतिवडाले भने, ‘यसले पनि भ्रम छर्नेहरू कति सक्रिय छन् भने देखाउँछ ।’ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी