७ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

शेयर बजारलाई खेलौना बनाउने काम बन्द गर्नुस् : अर्थमन्त्री

२२ भाद्र २०७६, आईतवार ०६:१३

भदौ २२, काठमाडौँ |  अर्थमन्त्री डा. युवराज खतिवडाले सरकार सुद्धिढ पूँजीबजार विकासको पक्षमा रहेको बताउँदै  शेयर बजारलाई खेलौना बनाउने काम बन्द गर्न चेतावनी दिएका छन् । नेपाल आर्थिक पत्रकार संघ(नाफिज)को १० औं वार्षिकोत्सव तथा साधारणसभाको उद्घाटन गर्दै अर्थमन्त्री डा. खतिवडाले सो चेतावनी दिएका हुन् ।


शेयर बजारप्रतिको विश्वास बढाईरहनु सरकारको दायित्व हो अर्थमन्त्री खतिवडाले भने 'बजारलाई खेलौना बनाउने काम बन्द गर्नुस्, आगोसँग खेल्दा आफै जल्न पनि सकिन्छ ।' मुलुकको आर्थिक वृद्धिमा सुधार हुँदै गर्दा शेयर बजारको बारेमा गुनासो सुन्नुपर्ने अवस्था दु:खद रहेको उनले बताए । शेयर बजार खस्किएको अवस्थामा  शेयर लगानीकर्तालाई चिन्ता लाग्नु स्वभाविक हो, मलाई पनि मुलुकको आर्थिक वृद्धि उकास्ने चिन्ता छ उनले भने 'लगानीको आवश्यकता पुरा गर्न पूँजीबजारको भुमिका परिपूरक हुन्छ, सृद्धिढ पूँजी बजारको विकास सरकार चाहान्छ।'


अर्थमन्त्रीले भने 'मुलुकमा लगानीको वातावरण बढेको, रोजगारीका अवसरहरु बढेका छन् । बैंक तथा बीमा क्षेत्रको पहुँच पछिल्लो दुई वर्षमा उल्लेखीय रुपमा बढेको छ । बैंक तथा बीमा कम्पनीहरुको नाफा बढेको छ। उद्योगहरुको क्षमता विस्तार भएको छ । सेवा क्षेत्रको विस्तार भइरहेको छ । तर शेयर बजारमा गुनासो सुन्नु परेको छ ।' अर्थमन्त्रीले भने । कर, तरलताका विषय सुनियो । पूँजीगत लाभकरको बिषय समाधान हुने क्रममा रहेको छ । पूँजीबजारको विकासको जिम्मेवारी लिएर बसेका निकायहरुले धितोपत्र बोर्ड, नेप्सेले जवाफदेही र जिम्मेवारपूर्वक काम गर्नुपर्यो । बल पास गर्ने काम बन्द गर्नुपर्छ ।'  उनले नियामकहरुको नियामक अर्थमन्त्रालय बन्नु पर्ने अवस्था आउन नदिन पनि सरोकारवालाहरुको ध्यानकर्षण गराए ।

साथै अर्थमन्त्री खतिवडाले मुलुकभित्रैबाट देशको अर्थतन्त्रलाई बदनाम गर्ने प्रयास भएको भन्दै दुःख व्यक्त गरेका छन् । उनले अर्थतन्त्रको सबै सूचकहरु सकारात्मक हुँदाहुँदै पनि सरकारविरुद्ध भ्रम छर्न मुलुक भित्रबाटै मानिसहरु परिचालित भएको दाबी गरे । सरकारले सार्वजनिक गरेको तथा निजी क्षेत्रले छाप लगाएर सार्वजनिक गरेको तथ्यांकलाई मिथ्या भन्दै अन्तर्राष्ट्रिय संस्थामा रिपोर्टिङ गरिएको छ’, खतिवडाले भने, ‘यसले पनि भ्रम छर्नेहरू कति सक्रिय छन् भने देखाउँछ ।’ 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सञ्चारमन्त्री जगदीश खरेलले राजीनामा दिने म काम गर्ने मान्छे हुँ, भाषण होइन: बालेन शाह दुर्गा प्रसाईं पोखराबाट पक्राउ रवि लामिछानेले देश र मधेशलाई भएको अन्यायको हिसाब लिने बताए आफ्ना अधिकार प्रयोग गर्दा कर्तव्यलाई बिर्सनु हुँदैनः प्रधानमन्त्री कार्की विकास देखिने गरी हुनु पर्छः मन्त्री भण्डारी जुनसुकै भूमिका रहे पनि जनताको सेवामा क्रियाशील हुन्छु : रेनु दाहाल केपी शर्मा ओली झापा पुगे रास्वपामा क–कसले पाए टिकट, को कहाँबाट लड्दै छन् चुनाव ? रास्वपाले आशिका तामाङलाई दियो टिकट केपी शर्मा ओली र बालेन शाह आज झापा जाँदै सुनचाँदीको मूल्यमा नयाँ रेकर्ड कायम खेलकुदमन्त्री बब्लु गुप्ताले दिए राजीनामा जर्मनीको मुद्रास्फीति दर स्थिर, डिसेम्बरमा १.८ प्रतिशतमा झर्‍यो रवि लामिछानेको मुद्दा फिर्ता लिने निर्णयविरुद्ध युवा संघको प्रदर्शन पार्टी छाडेकालाई कांग्रेसमा फर्कन आग्रह संविधान संरक्षणमा पूर्वराष्ट्रपति यादवको जोड भावी सरकारमा पनि ‘मिडिया’कर्मीको प्रतिनिधित्व हुनुपर्छः सञ्चारमन्त्री छ महिनामा ३९ अर्ब बढीको वैदेशिक लगानी प्रतिबद्धता सनासो प्रहार गरी श्रीमतीको हत्या