2026-09-18 06:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

गाई तस्करीमा सङ्लग्न भएको आरोपमा नुवाकोटबाट दुइजना पक्राउ

 भदौ २२, नुवाकोट  । अवैध रुपमा गाई ओसारपसारमा सङ्लग्न भएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । जिल्लाको विभिन्न स्थानबाट गाई सङ्कलन गरी चीनको केरुङ लैजाने उद्देश्यले रसुवातर्फ लैजाँदै गर्दा गाईसहित दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिनुभयो ।

बट्टारबाट किस्पाङ गाउँपालिका–३ काउलेका ३६ वर्षीय राज तामाङ र ५४ वर्षीय आइत तामाङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट ११ वटा गाईसमेत नियन्त्रणमा लिएको छ । बट्टारमा शनिबार एक गाई खाल्डोमा खसेर अड्किएको अवस्थामा नेपाली सेना, प्रहरी र स्थानीयले उद्धार गरेका थिए भने एक गाई मृत फेला परेको थियो ।

 पक्राउ परेकाले गाई पाल्नको लागि लैजान लागेको दाबी गरेको प्रहरीले जनाएको छ । प्रहरीले नियन्त्रणमा राखेको गाई आज काठमाडौँमा रहेको गाई बाच्छा बचाउ तथा समाज विकास अभियान नामक संस्थाको जिम्मामा पठाएको जिल्ला प्रहरी कार्यालयले जनाएको  छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई