२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

महोत्तरी - MHT

महोत्तरीमा नीलगाई मृत फेला

२०७६, २४ भाद्र मंगलवार ०४:४७

भदौ २४,  जलेश्वर ।महोत्तरीको मनरासिस्वा नगरपालिकामा आज जङ्गली जनावर नीलगाई मृतावस्थामा फेला परेको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद बुढाथोकीका अनुसार वडा नं २ इटहर्वा गाउँको वनमा निलगाई मृतावस्थामा फेला परेको हो ।

इटहर्वाको वनमा रहेको स्थानीय ललन सिंहको उखु बारीमा नीलगाई मृतावस्थामा फेला परेको हो । सो नीलगाईलाई प्रहरीचौकी मनराबाट खटी गएको टोलीले स्थलगत मुचुल्का तयार पारी सोही ठाउँमा खाल्डो खनेर गाडेको छ । 

सर्पदंशका बिरामीको उपचारमा सहज

अत्यन्त आवश्यक उपकरणको अभावले उपचारमा समस्या ब्यहोरीरहेको बर्दिवास नगरपालिका–३ गौरीडाँडास्थित सर्पदंश उपचार केन्द्रमा क्रमशःउपकरण थपिँदै गएका छन् । विभिन्न संस्थाले आवश्यक उपकरण प्रदान गर्दै जाँदा सर्पदंशका जटिल प्रकृतिका बिरामीको उपचार पनि सहज बन्दै गएको हो । 

पछिल्लोपटक विपद् व्यवस्थापन र अन्य सामाजिक गतिविधिमा सरिक रहँदै आएको इन्हुरेड इन्टरनेशनल संस्थाले हाइभ्याकुम सक्सेन यन्त्र केन्द्रलाई उपलब्ध गराएको छ । सो उपकरणबाट बिरामीको घाँटीमा बसेको कफ र फिज हटाउन सकिने सर्पदंश उपचार केन्द्रका अध्यक्ष कृष्ण देवकोटाले बताउनुभयो । सर्पले टोकेका बिरामीलाई घाँटीमा बस्ने कफ र मुखबाट निस्कने फिजले निकै गाह्रो पर्दै आएको थियो । 

यस्ता जटिल प्रकृतिका बिरामीलाई अब अन्यत्र सिफारिस गर्नुपर्ने अवस्था अन्त्य भएको केन्द्रले जनाएको छ । सीमित साधन स्रोतभित्र पनि बिरामीको सेवा र उपचारमा केन्द्रले देखाउँदै तत्परता र समर्पण भाव देखेर अहिले तत्काल हाइभ्याकुम सक्सेन यन्त्र उपलब्ध गराइएको इन्हुरेड इन्टरनेशनलका महासचिव बिपी अधिकारीले बताउनुभयो । केन्द्रलाई अब जटिल प्रकृतिका बिरामीको उपचारमा भेन्टिलेटरको आवश्यकता रहेको केन्द्रका अध्यक्ष देवकोटाले बताउनुभयो । 

यसअघि केन्द्रलाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले संयुक्त राष्ट्रसङ्घीय विकास कोष (युएनडिपी) को सहयोगमा दैनिक सात दशमलव दुई (७.२) युनिट विद्युत् उत्पादन हुने सौर्यऊर्जा गत वर्ष नै जडान गरिदिएको थियो । जडित सौर्य ऊर्जाले प्रकाश र औषधि भण्डारणमा सहयोग भएको केन्द्रले जनाएको छ । त्यसैगरी वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रकै सहयोगमा सौर्यऊर्जा सञ्चय र प्रवाह गर्न १४.०४ केडब्लुएचआर क्षमताका १२ भोल्ट १५० एम्पियरका आठवटा ब्याट्री पनि जडान गरिदिएको छ । 

यसैगरी केही महीना पहिले बर्दिवासस्थित लक्ष्मी बैंकले केन्द्रलाई बिरामी सुताउने तीनवटा डिजिटल श्यया, अक्सिजन उत्पादन गर्ने अटोमेटिक यन्त्र र मनिटर यन्त्र उपलब्ध गराएको थियो । सभाहल, बिरामीकक्ष, प्राविधिक कक्ष र उपचारमा संलग्न हुनेको आवास सुविधासहितको दुईतले पक्की भवन तयार भएकाले अब तत्काल भेन्टिलेटर आवश्यक भएको अध्यक्ष देवकोटा बताउनुहुन्छ ।

विसं २०७१ साउन ३१ गते स्थापना भएर सर्पदंशका बिरामीलाई उपचार सेवा दिँदै आएको केन्द्रमा हालसम्म तीन हजारभन्दा बढीले उपचार पाएका छन् । जिल्लाका बर्दिवास, गौशाला, औरही र भङ्गाहा नगरपालिका क्षेत्र सर्पदंशका घटना धेरै हुने ठाउँ हुन् । यसबाहेक छिमेकको धनुषा जिल्लाको मिथिला, सर्लाहीको ईश्वरपुर र सिन्धुलीको कमलामाई र दुधौली नगरपालिका बर्दिवासँगै साध जोडिएका हुँदा ती क्षेत्रबाट पनि सर्पदंशका बिरामी उपचारका लागि यहाँ आउने गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ