2026-10-15 01:27 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

गाउँपालिका राष्ट्रिय महासंघद्वारा कर्णाली प्रदेश सरकारको ध्यानाकर्षण

शंकर के सी | भदौ २४, सल्यान | गाउँपालिका राष्ट्रिय महासंघ कर्णाली प्रदेश कार्यसमितीले संघिय र प्रदेश सरकारसंग सरोकार राख्ने विषयमा छलफल गरेर दुबै सरकारलाइ ध्यानाकर्षण गराएको छ । प्रदेश सरकारले सम्बन्धीत स्थानिय तहहरुसंग समन्वय नगरेर योजनाहरु छनौट गरेको भन्दै महासंघले योजना कार्यान्वयन गर्न उपभोक्ताहरु प्रदेश राजधानी धाउनुपर्ने बाध्यात्मक अवस्थाले सरकारकै कार्यसम्पादनमा प्रश्न उठेको जनाएको छ ।

सोमबार विरेन्द्र नगर सुर्खेतमा बसेको बैठकले आयोजना तथा कार्यक्रम छनौट गर्दा स्थानीय सरकारसंग दोहोरोपना नहुने गरी सम्बन्धीत स्थानीय तहसंगको समन्वयमा छनौट गर्न  र स्थानीय तहबाटै कार्यान्वयन हुने ब्यवस्था मिलाउन प्रदेश सरकारको ध्यानाकर्षण गराएको हो ।

यस्तै स्थानीय सरकार संग प्रत्यक्ष सरोकार राख्ने प्रदेश कानुनका विधेयकहरुमा महासंघका प्रतिनिधीहरुको समेत सहभागीतामा छलफल गर्ने ब्यवस्था मिलाउन पनि प्रदेश सांसद् र कर्णाली सरकारसंग बैठकले आग्रह गरेको गाउँपालिका राष्ट्रिय महासंघ कर्णालीका अध्यक्ष भिम बहादुर सेनले जनाए । प्रदेश र स्थानीय सरकारको आयोजना तथा कार्यक्रमको आकार एवम् बजेट उस्तै भएको भन्दै ठूला योजनामा मात्रै श्रोत विनियोजन गर्न आग्रह गरेको छ ।

बैठकले समपुरक अनुदानको वितरण सम्बन्धी कार्यविधिमा साझेदारीको अनुपात र परियोजनाको कुल लागतको सिलिङलाई ब्यवहारीक हुनेगरी पुनरावलोकन गर्न भन्दै प्रदेश सरकारको ध्यानाकर्षण गरिएको अध्यक्ष सेनले जनाए । चालु आर्थिक वर्षका लागी प्रदेश सरकारले तय गरेको वार्षिक योजनाको पुस्तीका छिटो सार्वजनीक गर्न पनि अनुरोध गरेको छ ।

यस्तै हुम्लाको खार्पुनाथ गाउँपालिका उपाध्यक्ष सिन्धु हमाल शाहीको निधन तथा कर्णाली प्रदेशमा प्राकृतिक विपत्तीमा ज्यान गुमाएका बसैप्रति श्रद्धान्जली ब्यक्त गर्दै महासंघको बैठकले घाइतेहरुको शिघ्र स्वास्थ्य लाभको कामना गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ रास्वपाका महिला सांसदद्वारा खगेन्द्र सुनारलाई तत्काल निलम्बन गर्न माग देवरको कुटपिटबाट एक महिलाको मृत्यु बुढीगण्डकीमा बाढीको कारण खुल्यो, हिमताल फुटेर नभई पहिरोले आएको पुष्टि विद्युत् व्यापारमा निजी क्षेत्रको प्रवेश सुनिश्चित गर्ने तयारीमा सरकार जनतासँगको सम्बन्ध बलियो बनाउन र उम्मेदवार छनोट पारदर्शी बनाउन खरेलको जोड सेयर बजारमा दोहोरो अंकको वृद्धि, नेप्से २६२१ विन्दुमा मलेसियाका लागि प्रस्तावित राजदूत खरेलको सुनुवाइ रोकियो महाकालीमा बेपत्ता सशस्त्र प्रहरीका असईको पाँच दिनपछि शव फेला रास्वपाले आफ्नै केन्द्रीय कार्यालय बनाउन घरजग्गा खरिदका लागि माग्यो प्रस्ताव प्रधानमन्त्री वालेन्द्र शाहले गरे पलाञ्चोक भगवतीको दर्शन दुर्गा पूजाका लागि बत्ती जोड्ने क्रममा करेन्ट लागेर एक वृद्धको मृत्यु भोटेकोशी बाढीमा १ हजार ४५८ जनाको मृत्यु, ४ हजार ७२० जना अझै बेपत्ता दसैँ मनाउन गाउँ फर्किनेको चाप बढ्यो, हालसम्म १ लाख ८७ हजारभन्दा बढी बाहिरिए आदिवासी जनजाति तर्फका खुला र महिला गरी २० केन्द्रीय सदस्य निर्वाचित