२०८३, १० जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

साउदीको तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमणका कारण तेलको मूल्य बढ्यो

२०७६, ३० भाद्र सोमबार ०५:०४

भदौ ३०, काठमाडौं | साउदी अरबको सरकारी स्वामित्वका दुईवटा प्रमुख तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि कच्चा तेलको मूल्य ह्वात्तै बढेको छ । साथै विश्वभर तेल आपूर्ति पाँच प्रतिशतले घटेको छ । साउदी अरबका ऊर्जामन्त्री राजकुमार अब्दुल अजिज बिन सलमानका अनुसार हुथी विद्रोहीहरुले गरेको आक्रमणका कारण कच्चा तेल उत्पादनमा प्रतिदिन ५७ लाख ब्यारेलले कमी आएको छ ।

यो परिमाण साउदी अरबले गर्ने कुल तेल उत्पादनको झन्डै आधा हो | उत्पादन कटौती भएसँगै ब्रेन्ट कच्चा तेलको मूल्य १९ प्रतिशतले र बेस्ट टेक्सस इन्टरमिडिएट भनिने अर्को कच्चा तेलको मूल्य १५ प्रतिशतले बढेको समाचार एजेन्सीहरुले उल्लेख गरेका छन् । यद्यपि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले अमेरिकामा सञ्चित तेल वितरणको अनुमति दिएपछि बढेको मूल्य केही घटेको बताइएको छ ।

साउदी अरब संसारको सबैभन्दा ठूलो तेल निर्यातकर्ता मुलुक हो । उसले दैनिक ७० लाख ब्यारलभन्दा बढी तेल निर्यात गर्दछ । साउदी अरबले पूर्ववत रुपमा तेल उत्पादन गर्न र निर्यात गर्न हप्तौं लाग्नसक्ने अनुमान विश्लेषकहरुले गरेका छन् । तेल उत्पादन र निर्यात सामान्य अवस्थामा नफर्किए नेपाल पनि प्रभावित हुन्छ ।

शनिबार साउदी अरबका अब्काइक र कुरिस प्रशोधन केन्द्रमा ड्रोन आक्रमणका कारण आगलागी भएको थियो । अब्काइक संसारकै सबैभन्दा ठूलो तेल प्रशोधन केन्द्र हो । आक्रमणको जिम्मा हुथी विद्रोहीले लिएको छ । विद्रोही समूहका एक प्रवक्ताले आक्रमणमा १० वटा ड्रोन प्रयोग गरिएको बताएका छन् |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमालेको केन्द्रीय सचिवाल बैठक भोलि फेरि बस्ने बसले स्कुटरलाई ठक्कर दिँदा एकजनाको मृत्यु मदन भण्डारीका विचारको बहस र विकास गर्नु युवा पुस्ताको महत्त्वपूर्ण दायित्व हुन आउँछ: पूर्वराष्ट्रपति भण्डारी अनुत्तीर्ण विद्यार्थीलाई हामीले बिर्सनु हुँदैन: खुस्बु ओली नक्कली नोट छाप्ने कम्प्युटर प्रिन्टरसहित दुईजना पक्राउ सबैलाई समेटेर अघि बढ्ने प्रयास भइरहेको छ: गगन थापा यार्सागुम्बा खोज्न जाँदा भीरबाट लडेर मृत्यु एक हजार ९२२ जना सवारी चालक कारबाहीमा अमेरिकाविरुद्ध नेपालको सहज जित राष्ट्रिय सभाबाट अभौतिक सांस्कृतिक सम्पदा विधेयक पारित सरकारको निर्णयबाट अचम्मित छु: नरबहादुर बिष्ट ढुङ्गा लोड गर्नेक्रममा खानीबाट खसेको ढुङ्गाले च्यापेर टिपर चालकको मृत्यु पहिलाको सरकारले धेरै बोलेर हेप्थ्यो, अहिलेको सरकार नबोलेर हेपिरहेको छ: गगन थापा एमालेको सचिवालय बैठक जारी जेठ १४ गते सार्वजनिक बिदा दुर्गा प्रसाईंको बन्दीप्रत्यक्षीकरणको रिटमाथि सुनुवाइ हुँदै मलेसियामाथि नेपालको लगातर दोस्रो जित सुनको मूल्य घट्दा चाँदीको मूल्य बढ्यो प्रतिनिधिसभाको बैठक जेठ १२ गतेसम्म स्थगित ठमेलबाट नौ विदेशी नागरिक पक्राउ