2026-09-08 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मुगु - MG

जुम्लामा धामि नाचेर भुवापनको मेला सम्पन्

दान बहादुर बुढा | भाद्र ३०, मुगु | देबि देउताको विश्वास मान्दै आएका जुम्ला जिल्ला कनकासुन्दरी ३ ओखरपाटा गाँउका स्थानिय बासिहरु उनन्र्ते पूर्णिमाको अवसरमा भुवानि देवताको मेला सम्पन्न गरेका छन ।

धार्मिक रुपमा परम्परागत मान्दै आएका भुवानि देवताको मेला ओखरपाटा गाँउमा रहेको १ सय ५० घर धुरी र स्थानिय छिमेकी गाँउका हजारै भक्तजनहरुले एक रात एक दिन भरि धार्मिक नाच,भजन कृर्तन,नाचगान, महिला पुरुष छुट्टा छुट्टै देउडा, गाएर भुवानि देबीको प्रार्थाना गरि मेला सकेका छन ।

यो बर्ष मात्र नभई प्रत्येक बर्ष उनन्र्ते पुर्णमाको अवसरमा मेलालगाउर्ने गरेका छन । भुवानिको मेलामा देवताबाट आशिर्वाद पाउदा मनले सोचेको पुराहुने, छोरा ,अन्न,गाई गोरु,रोग, नहुदा बिरामी हुदा  भुवानिको आशिर्वादले सोचेको कुरा पुरा हुने विश्वाशले हजारै तिर्थालुहरुको घुईचो लाग्र्ने गरेको  स्थानिय समाज सेवि  मन बहादुर बुढाले बताएका छन । 

भुवानि देउतामा मात्र मेला नभई मष्टा,कुल्देव,कालासिल्तो,महादेव, नामले चिनिएका सयै देवि देउताहरुको भाद्र २४ गते देखी पुजा पाठ मेला  गदौ आई रहेकाछन् | पुणिमाको अवसरमा स्थानिय पन्र्चेबाजा दमाहा,ताल,नरसिहा, बाजा बजाएर मन्दिरमा धार्मिक नचाउर्ने चलनरहेको छ । भुवानि देउताले दिएका आशिर्वाद संगै अन्य कुरा अनुसारको काम गरेमा मनले सोचेको सबै पुराहुने आफ्नो छोरा बिरामीहुदा औषधी नगरि भुवानि देउता संग हेराउदा ठिकहुदा र्पुन देउतालाई जस वा कोशेली लिएर बुशावास मान्दै काठमाडौबाट आएका भक्तालु राम बहादुर बुढाले बताएका छन ।

 

यता भुवानि देवताका पुजारी नर बुढाका अनुसार छिमेकी गाँउ छिमेकी जिल्ला काटमाडौबाट भुवानि देउताको विश्वासले गर्दा हजारै भक्तजनहरु  जस (चित्त ) बुझेरहोला धुप,फुलचाम,पगेडी कपडा,गाई,घण्टा,जस ल्याएर आउर्ने गरेका छन । दिन भरी रात भरी धार्मिले भक्तजनहरुलाई हेराउदै समय जान्छ बिच बिचमा अन्य भक्तजनहरुलाई मनोरंजन दिनको लागी खुल्ला ठाउमा गएर नाच्र्ने गरेका छन । धेरै भक्तजनहरुको भुवानि देउताहरुले मनजितेर यो मेलामा आउने गरेको बताएका छन ।

बुढाका अनुसार महिला पुरुष धामी नाचेको देख्दा नयाँ भक्तजनहरुलेत अच्ममान्ने गरेका छन । केयो झगडा गरेका हुनत् कियो कुनै प्रतियोगिताहो । सबै धामिको घाटीमा फुमालाले भरीएका देख्दा फरकमान्ने गरेका छन । मेलाहेर्न आउर्ने सबै भक्तजनहरुलाई गाँउ भरी सबै घरमा मिलाएर खाना खुवाउर्ने नास्ता समेत खुवाउर्ने प्रथा पनि रहेका बताउछन् । यसै गरि उनन्र्ते पुर्णिमाको अवसरमा जिल्लाका बिभिन्न गाँउमा धार्मि नाचको रौनक देखिन्छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल