२०८२, २५ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठुलो विमान दुर्घटनाबाट जोगिए भारतीय राष्ट्रपति कोविन्द

२०७६, ३१ भाद्र मंगलवार १०:५०

भदौ ३१, एजेन्सी | भारतीय राष्ट्रपति रामनाथ कोविन्द चढेको विमान निकै ठूलोे दुर्घटनाबाट जोगिएको छ । युरोपियन मुलुकहरुको भ्रमणमा रहेका राष्ट्रपति कोविन्द चढ्दै आएको एयर इन्डियाको विमानमा एक्कासि राडार फल्टको समस्या देखिएसँगै विमान अवतरण गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । 

विमानमा समस्या देखिएको बेला राष्ट्रपति कोविन्द स्विट्जरल्यान्डको ज्युरिख जाने क्रममा रहेका थिए । तत्कालका लागि ३ घण्टा उडान भर्न सक्षम भएपनि विमानमा एक्कासि समस्या देखिएको थियो । राडार फल्टलाई उडान जगतमा निकै खतरनाक समस्याका रुपमा लिने गरिन्छ ।


अहिलेसम्म भएका दुनियाँका ठुला ठुला विमान दुर्घटनामा यही समस्या बढी देखिने गरेको छ । भारतीय राष्ट्रपति कोविन्द सोही विमानमार्फत युरोपका आइसल्यान्ड, स्वीट्जरल्यान्ड र स्लोवेनियाको भ्रमणमा निस्किएका थिए । यात्राकै क्रममा विमानमा निकै गम्भीर खराबी देखिए पनि कुशल चालकहरुका कारण समयमै समस्या पत्ता लगाउनाले निकै ठूलो दुर्घटना टरेको जागरण डट कमले लेखेको छ । राष्ट्रपति कोविन्द १७ सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

वास्तवमा राडार फल्ट भन्ने वित्तिक्कै विश्व उडान जगतमा आतंक फैलिने गरेको छ । उडान क्षेत्रमा यस्तो खालको गडबड भैरहने गरेको छ ।जसका कारण विश्वका ठूला उडान कम्पनीहरुलाई आतंकित समेत पार्ने गरेको छ ।

के हो राडर हार्डओभर ? 

यो विश्वास गरिन्छ कि उडानको क्रममा विमानमा रडर दोष वा रडर हार्डओभर भयो भने विमान दुर्घटना हुने कुरामा निश्चित छ। यसले विमानको दिशा सूचक प्रणाली परिवर्तन गरिदिन्छ । जसका कारण विमानलाई अचानक पूरै बाँया वा दायाँ दिशामा मोडिदिन्छ । विमानको दिशा अचानक परिवर्तन भएपछि हवाइ उडान अनियन्त्रित हुन्छ। त्यसबेवा विमानको दुई टुक्रा हुनसक्छ ।

यसप्रकारको घटना पावर कन्ट्रोल एकाइमा खराबीका कारण हुन्छ। यदि उच्च गतिको उडानमा राडर गल्ती देखियो भने त्यसबेला कुनै पनि कुशल पाइलटले पनि विमानलाई नियन्त्रण गर्न सक्दैन।राडर फसेपछि विमानले अचानक दिशामात्र परिवर्तन गर्दैन विमानको ल्यान्डि गियर पनि बिगार्न सक्छ। यस्तो स्थितिमा जहाज अवतरण गर्दा चक्काहरु खुल्दैनन्। जुन उडिरहेको विमानको लागि धेरै खतरनाक हुन्छ । त्यति  मात्र होइन विमानले हावामा द्रुत गतिमा डुबुल्की मार्न सक्छ । विगतमा यस्ता धेरै दुर्घटनाहरू भएका छन् । राडार फल्टकै कारण सन् २०१४ मा इन्डोनेसियामा यस्तै एउटा विमान दुर्घटना भएको थियो, जसमा १६२ व्यक्तिको मृत्यु भएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित राजनीतिको परिभाषा परिवर्तन भएको छ: सांसद जगदीश खरेल सार्वजनिक यातायातको भाडा बढ्यो प्रतिनिधिसभाको बैठकमा सवारी दुर्घटनामा तीन विद्यार्थीको निधनप्रति ध्यानाकर्षण आज र भोलि देशका विभिन्न ठाउँमा हावाहुरी, असिनासहित पानी पर्ने, सावधानी अपनाउन अनुरोध प्रतिनिधिसभाको बैठक सुरु शेरबहादुर देउवा र आरजु राणा देउवा विरुद्ध पक्राउ पुर्जी जारी सेयर कारोबार अब सोमबारदेखि शुक्रबारसम्म नदीमा नुहाउने क्रममा डुबेर एक युवकको मृत्यु राष्ट्रिय सभाका समितिका सभापतिहरूले लिए शपथ प्रतिनिधिसभा सञ्चालन नियमावली मस्यौदा समितिको बैठक जारी सुनचाँदी मूल्य बढ्यो, तोलाको कति ? ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु पाँच वर्षभित्र हरेक क्षेत्रमा सुधार हुन्छ : मन्त्री पोखरेल राष्ट्रिय सभाका नवनियुक्त उपाध्यक्ष भण्डारीद्वारा पदभार ग्रहण