२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ठुलो विमान दुर्घटनाबाट जोगिए भारतीय राष्ट्रपति कोविन्द

३१ भाद्र २०७६, मंगलवार १०:५०

भदौ ३१, एजेन्सी | भारतीय राष्ट्रपति रामनाथ कोविन्द चढेको विमान निकै ठूलोे दुर्घटनाबाट जोगिएको छ । युरोपियन मुलुकहरुको भ्रमणमा रहेका राष्ट्रपति कोविन्द चढ्दै आएको एयर इन्डियाको विमानमा एक्कासि राडार फल्टको समस्या देखिएसँगै विमान अवतरण गरिएको भारतीय सञ्चारमाध्यामहरुले जनाएका छन् । 

विमानमा समस्या देखिएको बेला राष्ट्रपति कोविन्द स्विट्जरल्यान्डको ज्युरिख जाने क्रममा रहेका थिए । तत्कालका लागि ३ घण्टा उडान भर्न सक्षम भएपनि विमानमा एक्कासि समस्या देखिएको थियो । राडार फल्टलाई उडान जगतमा निकै खतरनाक समस्याका रुपमा लिने गरिन्छ ।


अहिलेसम्म भएका दुनियाँका ठुला ठुला विमान दुर्घटनामा यही समस्या बढी देखिने गरेको छ । भारतीय राष्ट्रपति कोविन्द सोही विमानमार्फत युरोपका आइसल्यान्ड, स्वीट्जरल्यान्ड र स्लोवेनियाको भ्रमणमा निस्किएका थिए । यात्राकै क्रममा विमानमा निकै गम्भीर खराबी देखिए पनि कुशल चालकहरुका कारण समयमै समस्या पत्ता लगाउनाले निकै ठूलो दुर्घटना टरेको जागरण डट कमले लेखेको छ । राष्ट्रपति कोविन्द १७ सेप्टेम्बरमा स्वदेश फर्किने कार्यक्रम रहेको छ ।

वास्तवमा राडार फल्ट भन्ने वित्तिक्कै विश्व उडान जगतमा आतंक फैलिने गरेको छ । उडान क्षेत्रमा यस्तो खालको गडबड भैरहने गरेको छ ।जसका कारण विश्वका ठूला उडान कम्पनीहरुलाई आतंकित समेत पार्ने गरेको छ ।

के हो राडर हार्डओभर ? 

यो विश्वास गरिन्छ कि उडानको क्रममा विमानमा रडर दोष वा रडर हार्डओभर भयो भने विमान दुर्घटना हुने कुरामा निश्चित छ। यसले विमानको दिशा सूचक प्रणाली परिवर्तन गरिदिन्छ । जसका कारण विमानलाई अचानक पूरै बाँया वा दायाँ दिशामा मोडिदिन्छ । विमानको दिशा अचानक परिवर्तन भएपछि हवाइ उडान अनियन्त्रित हुन्छ। त्यसबेवा विमानको दुई टुक्रा हुनसक्छ ।

यसप्रकारको घटना पावर कन्ट्रोल एकाइमा खराबीका कारण हुन्छ। यदि उच्च गतिको उडानमा राडर गल्ती देखियो भने त्यसबेला कुनै पनि कुशल पाइलटले पनि विमानलाई नियन्त्रण गर्न सक्दैन।राडर फसेपछि विमानले अचानक दिशामात्र परिवर्तन गर्दैन विमानको ल्यान्डि गियर पनि बिगार्न सक्छ। यस्तो स्थितिमा जहाज अवतरण गर्दा चक्काहरु खुल्दैनन्। जुन उडिरहेको विमानको लागि धेरै खतरनाक हुन्छ । त्यति  मात्र होइन विमानले हावामा द्रुत गतिमा डुबुल्की मार्न सक्छ । विगतमा यस्ता धेरै दुर्घटनाहरू भएका छन् । राडार फल्टकै कारण सन् २०१४ मा इन्डोनेसियामा यस्तै एउटा विमान दुर्घटना भएको थियो, जसमा १६२ व्यक्तिको मृत्यु भएको थियो |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य