२०८२, ५ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

कृषि विकास बैंकको डेढ करोड रुपैयाँ चोरी, ह्याकिङ् प्रकरणमा संलग्न ११ जना पक्राउ

२०७६, ८ आश्विन बुधबार ०५:१४

असोज ८, काठमाडौँ | कृषि विकास बैंक ह्याकिङ् प्रकरणमा संलग्न ११ जना पक्राउ परेका छन् | डेढ करोड रुपैयाँ ह्याक गरी अर्को खातामा सार्ने एघार जनालाई प्रहरीले पक्राउ गरेको छ | उनीहरुलाई महानगरीय प्रहरी अपराध महाशाखाको टोलीले काठमाडौंका विभिन्न स्थानबाट पक्राउ गरेको छ |

ह्याकरहरुले असोज ५ गते केही व्यक्तिलाई प्रयोग गरेर कृषि विकास बैंक लहान शाखाको १ करोड ४९ लाख रुपैयाँ अर्को खातामा सारेका थिए। सिस्टमको पासवर्ड ह्याक गरेर ह्याकरको समूहले काठमाडौंबाट रकम निकालेको प्रहरीको भनाइ छ |


कृषि विकास बैंक श्रोतका अनुसार आफ्नै कर्मचारीको मिलेमतोमा पैसा सारिएको हो वा ह्याकरहरूले मात्र सारेका हुन भन्ने बारेमा एकिन भइनसकेको बताएको छ | ह्याकरले के कति रकम झिकेको भन्नेमा प्रहरी निष्कर्षमा पुगिसकेको छैन। के कति पैसा सारेको भन्ने विषयमा अनुसन्धान भइरहेको  प्रहरीको भनाई रहेको छ |

नेपाल प्रहरीको साइबर सुरक्षा टोली र बैंकको विज्ञ टोलीले यसबारे अनुसन्धान गरिरहेको छ। अपराध महाशाखाले बुधबार २ बजे पत्रकार सम्मेलन गरी घटनाबारे जानकारी दिने जनाइएको छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
माधव कुमार नेपालसहितको भ्रष्टाचार मुद्दाको सुनुवाइ स्थगित समानुपातिकतर्फका ११० सांसदहरुलाई निर्वाचन आयोगले दियो प्रमाणपत्र शपथ ग्रहण हुने छाँटकाँट अझै देखिएको छैन, त्यसैले आत्मकथाको किताब बेच्ने छु: महावीर पुन ट्रकले गोरुगाडालाई ठक्कर दिँदा एक दम्पतीको मृत्यु श्रीमान्, श्रीमतीमाथि गोली प्रहार, श्रीमतीको मृत्यु, श्रीमान् घाइते सुनको मूल्यमा भारी गिरावट सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा