२०८३, १६ बैशाख बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

डेङ्गु सङ्क्रमण नियन्त्रणतर्फ

२०७६, १० आश्विन शुक्रबार ०३:१५

असोज १०, चितवन । जिल्लामा प्रकोपका रुपमा देखिएको डेङ्गु नियन्त्रण हुन लागेको छ । चितवन र देशका विभिन्न जिल्लाबाट डेङ्गुका बिरामी यहाँ उपचारका लागि आउने गरेका छन् । 

स्वास्थ्य कार्यालयका प्रमुख दीपक तिवारीका अनुसार भदौ तेस्रो र अन्तिम साता अत्यधिक बढेको डेङ्गुको सङ्क्रमण घट्दै गएको छ । उहाँका अनुसार सबैभन्दा बढी भदौ अन्तिम साता एक हजार ३२५ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । भदौ तेस्रो साता ६९२, दोस्रो साता ४१२ र पहिलो साता २७३ जनामा डेङ्गुको सङ्क्रमण देखिएको थियो । साउन पहिलो साता आठ जनामा मात्र सङ्क्रमण देखिएको तिवारीले जानकारी दिनुभयो । 

“असोज पहिलो साता यो सङ्ख्या घटेर तीन सय हाराहारीमा आएको छ”, उहाँले भन्नुभयो । एउटा अस्पतालबाहेक अन्यमा सङ्कलन भएको तथ्याङ्कअनुसार असोज पहिलो साता २८९ जनामा सङ्क्रमण देखिएको छ । त्यसमध्ये पनि केही भदौमा बिरामी भएपनि असोजमा दर्ता भएको तिवारीको भनाइ छ ।  सङ्क्रमण दर क्रमशः घट्दै गएको र डेङ्गु नियन्त्रणमा आउने क्रममा रहेको तिवारीले बताउनुभयो ।

कार्यालयका कीट नियन्त्रक राम केसीका अनुसार साउनयता हालसम्म १० हजार ५६१ जनाको नमूना परीक्षण गरिएकामा तीन हजार ४०९ जनामा सङ्क्रमण देखिएको छ । यो सङ्ख्या क्रमशः घट्दै गएकाले आत्तिनुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ । भरतपुर अस्पतालका मेडिकल विभाग प्रमुख वरिष्ठ फिजिसियन डा प्रकाश खतिवडाका अनुसार दैनिक १०० जनासम्म डेङ्गुको सङ्क्रमण भएका बिरामी आउने गरेकामा घटेर पाँच जनाभन्दा तल झरेको बताउनुभयो । भदौ अन्तिम साता बहिरङ्ग सेवामा मेडिकल विभागमा ९०० नयाँ बिरामी उपचार गर्न आएका थिए भने ७०० जना ज्वरो आएका रहेकामा १०० जनामा डेङ्गुको सङ्क्रमण भेटिएको थियो । बुधबार बहिरङ्ग सेवाको मेडिकल विभागमा ५०० जना परीक्षणका लागि आएकामा १०० जनालाई ज्वरो आएको र तीमध्ये न्यून मात्र डेङ्गुका रहेको उहाँले बताउनुभयो ।

पहिला प्रकोपका रुपमा देखापरेका नारायणगढको कमलनगर, क्षेत्रपुर, गैँडाकोट, रत्ननगरको टाँडी बजारलगायत ठाउँका बिरामीमा मात्र डेङ्गु देखिएको खतिवडाले बताउनुभयो । साउनदेखि क्रमशः डेङ्गुको सङ्क्रमण बढ्दै आएको थियो । डेङ्गुका कारण दुई जनाको मृत्यु भएको छ । खतिवडाले दिनको तापक्रम २५ डिग्रीभन्दा तल झरेर गएमा यो सङ्ख्या अझै घट्दै जाने बताउनुभयो । फाट्टफुट्ट बिरामी भने कात्तिकसम्म आइरहने चिकित्सकको अनुमान छ ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार सरकारले घरबार विहीन सबै नागरिकको गास, बास, कपास र रोजगारीको अवसरबारे जिम्मेवारी लिन्छ: रवि लामिछाने सेयर बजारमा गिरावट उपसभामुख ठाकुर अस्पताल भर्ना सरकारलाई बहुमत प्राप्त सदनप्रति नै विश्वास छैन रहेछ: गगन थापा कांग्रेसले सिटाैलालाई राष्ट्रिय सभा दलको नेताबाट हटायो कांग्रेसले आह्वान गरेको विपक्ष दलको बैठक सुरु सुनचाँदीको मूल्य घट्यो महावीर पुनले सार्वजनिक गरे सम्पत्ति विवरण बालेनले तुरुन्त राजीनामा दिएर मार्ग प्रशस्त गर्नुपर्छ: हर्क साम्पाङ विगतका गलत अभ्यासलाई आधार बनाएर वर्तमान सरकार अघि बढ्नु अहङ्कारी कदम हुने: पूर्णबहादुर खड्का विभिन्न देश पठाउने भन्दै रकम ठगी गर्ने दुई जना पक्राउ जीवित संसद हुँदाहुँदै अध्यादेशमार्फत अघि बढ्नु संसदीय अभ्यासमाथिको गम्भीर हमला हो: खुश्बु ओली पहुँचका भरमा सुविधा लिइरहेकाबाट ६२२ वटा सवारी साधन फिर्ता नेप्से परिसूचकमा भारी गिरावट नुहाउन गएकी एक महिलाको करेन्ट लागेर मृत्यु सुनको सिक्री लुटपाटमा संलग्न पाँच जना पक्राउ देशका अधिकांश क्षेत्रमा वर्षाको सम्भावना