२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहजिल्ला बैतडी पुगेका क्यान अध्यक्ष चन्दले भने – ‘नेपाली क्रिकेटले चाँडै निकास पाउँछ’

१६ आश्विन २०७६, बिहीबार १६:३५

असोज १६, बैतडी | नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटले चाँडै निकास पाउने बताउनुभएको छ । अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला आउनुभएका अध्यक्ष चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आगामी बैठकबाट निलम्बन फुकुवा गरी नेपाली क्रिकेटलाई निकास दिने विश्वास व्यक्त गर्नुभयो । 

देहिमाडौँ  बजार व्यवस्थान समिति तथा स्थानीय क्लबद्वारा आयोजित स्वागत तथा बधाई कार्यक्रममा क्यान अध्यक्ष चन्दले आइसीसीले भनेअनुसार नै क्यानको साधारणसभावाट नयाँ नेतृत्व निर्वाचित आएकाले निलम्बलन फुकुवा हुनेमा आफू ढुक्क रहेको बताउनुभयो । “साधारणसभाको आसिसीले स्वागत गरिसकेको छ, चाँडै निकास पाउँछौँ”, उहाँले भन्नुभयो । सबै मिलेर नेपालको क्रिकेट विकासमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । क्रिकेटलाई राजनीतिबाट मुक्त बनाइने अध्यक्ष चन्दको भनाइ थियो । 

“निलम्वन फुकुवापश्चात् नेपालमा थुप्रै घरेलु प्रतियोगिता आयोजना गरिने छन्”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधार निर्माण तथा खेलाडीको सम्मानमा ध्यान दिने छौँ ।” आजै शाहीलेक बजार व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय क्रकेट खेलाडी रितु कनौजिया, कविता भट्ट, मञ्जु बोगटीलगायत खेलाडीले अध्यक्ष चन्दलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्द, पूर्व अध्यक्ष रमेश बोहरा, नेपाली काङ्ग्रेसका जिल्ला सभापति नरेन्द्रसिंह थापालगायतले बधाई ज्ञापन गर्नुभएको थियो । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य