२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गृहजिल्ला बैतडी पुगेका क्यान अध्यक्ष चन्दले भने – ‘नेपाली क्रिकेटले चाँडै निकास पाउँछ’

२०७६, १६ आश्विन बिहीबार १६:३५

असोज १६, बैतडी | नेपाल क्रिकेट सङ्घ (क्यान)का अध्यक्ष चतुरबहादुर चन्दले नेपाली क्रिकेटले चाँडै निकास पाउने बताउनुभएको छ । अध्यक्षमा निर्वाचित भएपछि पहिलो पटक आफ्नो गृह जिल्ला आउनुभएका अध्यक्ष चन्दले अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आइसिसी)ले आगामी बैठकबाट निलम्बन फुकुवा गरी नेपाली क्रिकेटलाई निकास दिने विश्वास व्यक्त गर्नुभयो । 

देहिमाडौँ  बजार व्यवस्थान समिति तथा स्थानीय क्लबद्वारा आयोजित स्वागत तथा बधाई कार्यक्रममा क्यान अध्यक्ष चन्दले आइसीसीले भनेअनुसार नै क्यानको साधारणसभावाट नयाँ नेतृत्व निर्वाचित आएकाले निलम्बलन फुकुवा हुनेमा आफू ढुक्क रहेको बताउनुभयो । “साधारणसभाको आसिसीले स्वागत गरिसकेको छ, चाँडै निकास पाउँछौँ”, उहाँले भन्नुभयो । सबै मिलेर नेपालको क्रिकेट विकासमा लाग्नुपर्नेमा उहाँले जोड दिनुभयो । क्रिकेटलाई राजनीतिबाट मुक्त बनाइने अध्यक्ष चन्दको भनाइ थियो । 

“निलम्वन फुकुवापश्चात् नेपालमा थुप्रै घरेलु प्रतियोगिता आयोजना गरिने छन्”, उहाँले भन्नुभयो, “भौतिक पूर्वाधार निर्माण तथा खेलाडीको सम्मानमा ध्यान दिने छौँ ।” आजै शाहीलेक बजार व्यवस्थापन समितिको आयोजनामा भएको कार्यक्रममा अन्तर्राष्ट्रिय क्रकेट खेलाडी रितु कनौजिया, कविता भट्ट, मञ्जु बोगटीलगायत खेलाडीले अध्यक्ष चन्दलाई बधाई तथा कार्यकाल सफलताको शुभकामना दिनुभएको थियो । कार्यक्रममा जिल्ला समन्वय समितिका प्रमुख सिद्धराज भट्ट, बैतडी जिल्ला क्रिकेट सङ्घका अध्यक्ष लालबहादुर चन्द, पूर्व अध्यक्ष रमेश बोहरा, नेपाली काङ्ग्रेसका जिल्ला सभापति नरेन्द्रसिंह थापालगायतले बधाई ज्ञापन गर्नुभएको थियो । 

रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ