२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

सीताकुण्डमा आन्तरिक पर्यटकको चलहपहल बढ्दै

२०७६, २४ आश्विन शुक्रबार ०४:५७

असोज २४, पाल्पा | पाल्पा रामपुरको ऐतिहासिक, धार्मिक तथा पर्यटकीयस्थल सीताकुण्डमा दर्शन तथा अवलोकन गर्न आन्तरिक पर्यटकको आवागमन बढ्दै जान थालेको छ । 

रामपुर नगरपालिका– ३ र ४ का बीच भागमा रहेको सीताकुण्डमा पछिल्लो समय आन्तरिक पर्यटकको आवागमन बढ्दै गएको सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका सचिव रुद्रबहादुर नेपालीले बताउनुभयो ।

“सडक सुधार भएपछि यहाँसम्म आउने आन्तरिक पर्यटक पछिल्लो समय बढ्दै गएका छन्, भगवान् राम र सीतासँग जोडिएको पौराणिक महत्वका कारण पनि विशेषगरी टाढाटाढाका यो क्षेत्रमा अवलोकन गर्नका निम्ति आउने गरेका छन्”, उहाँले भन्नुभयो ।

श्रीकृष्णाजन्माष्टमीका दिन श्रद्धालु भक्तजन रामपुर नगरपालिका वडा नं ५ स्थित कालीगण्डकीको रामघाटमा नुहाएर सीताकुण्डमा जल चढाई पुनःरामघाटमा गएर प्ूजाआजा गर्ने परम्परा छ । यसो गरेमा मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास छ ।      

त्रेतायुगमा भगवान् रामचन्द्र र उहाँकी धर्मपत्नी सीता वनबास जाने क्रममा रामघाटमा आई बास बसेको पौराणिक कथन छ । सीता रजस्वला भएपछि उनलाई लुकाउन सीताकुण्ड लगिएको थियो । नुहाउने क्रममा पानी नभएपछि भगवान् रामचन्द्रले रामघाटबाट बाण हानेर कुण्ड निर्माण गरी त्यही कुण्डमा सीताले नुहाएको हुनाले यस कुण्डको नाम सीताकुण्ड रहन गएको हो । त्यस समयदेखि नै यहाँ पूजाआजा हुँदै आइरहेको छ । 

सीतालाई नुहाउनका लागि बाण हानेर पानी निकालिएको र खानका लागि धान छरेको बुढापाका बताउँछन् । कुण्डमा पानी कहिल्यै नसुक्ने स्थानीयको भनाइ छ । धार्मिक तथा ऐतिहासिक हिसाबले यसको महत्व रहे पनि प्रचारप्रसार तथा पूर्वाधार विकास नहँुदा ओझेलमा परिरहेको थियो । पछिल्लो वर्ष रामपुर नगरपालिकाले दश पर्यटकीय क्षेत्रका रुपमा समेटेर पूर्वाधार विकासका काम गर्न थालेपछि अहिले यो कुण्ड पर्यटकीय क्षेत्रका रुपमा अगाडि बढेको हो । सीताकुण्डसम्म पुग्ने सडक सुधार, भौतिक पूर्वाधारको विकास हुँदै जाँदा मन्दिरमा भक्तजनको चहलपहल बढ्दो छ ।

कुण्डमा नुहाई भगवान्को दर्शन गर्नाले मोक्ष्यप्राप्ति हुने र मनोकाङ्क्षा पूरा हुन्छ भन्ने धार्मिक विश्वास रहिआएको छ । श्रीकृष्णा जन्माष्टमी पर्व, रामनवमी पर्वका अवसरमा यहाँ वर्षेनी मेला लाग्दै आइरहेको छ । 

यस वर्षको जन्माष्टमीका अवसरमा सात हजारभन्दा बढीले मन्दिर दर्शन तथा अवलोकन गर्न पुगेको सीताकुण्ड मन्दिर व्यवस्थापन समितिका सचिव रुद्रबहादुर नेपालीले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै सुनचाँदीको मूल्य घट्यो काठमाडौँ उपत्यकामा हावाहुरीसहित वर्षा प्रतिकूल मौसमका कारण हवाई उडान प्रभावित ओमानसँग नेपालको फराकिलो हार