Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...
२०८३, २१ जेष्ठ बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

उदयपुर - UDP

उदयपुरमा सवारी दुर्घटनामा परि १७ घाइते

२०७६, २६ आश्विन आईतवार १३:२३

असोज २६, उदयपुर | कटारी नगरपालिकाको भोर्लेनीमा आज एउटा मिनीट्रक दुर्घटना हुँदा १७ जना घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको छ ।

इलाका प्रहरी कार्यालय कटारीका अनुसार रिस्कुबाट कटारीतर्फ आउँदै गरेको बा ३ ख ७३०१ नम्बरको मिनीट्रक कटारी ५ भोर्लेमा दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् भने दुईको अवस्था गम्भीर रहेको प्रहरीले बताएको छ ।

कटारी–१० का २० वर्षीया वीना विक र सुनसरीको इटहरी उपमहानगरपालिका–१० का ३० वर्षीया कल्पना विकको अवस्था गम्भीर रहेको इलाका प्रहरी कार्यालय कटारीका प्रमुख प्रेमसागर केसीले बताउनुभएको छ । उनीहहरुको उपचारका लागि तत्काल विराटनगर पठाएको इलाका प्रहरी कटारीले बताएको छ ।

अन्य घाइतेको कटारी अस्पतालमा प्राथमिक उपचार पछि अहिले विराटनगर तथा सुनसरीको धरान उपचारको लागि रिफर भइरहेको पनि प्रहरीले बताएको छ । सवारी साधनका चालक फरार रहेको कारण उनको खोजी भइरहेको पनि प्रहरीले बताएको छ ।

यात्रुबाट बढी सवारी भाडा लिने सवारीसाधन कारवाहीमा

उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बजारबाट राजधानी काठमाडौँका लागि सञ्चालन हुने बस र र सुमोसहित सातवटा सवारीका साधनले यात्रुबाट महँगो सवारी भाडा लिएर ठगि गरेको कारण यी सवारीका साधनलाई ट्राफिक प्रहरी कार्यालय उदयपुरले पक्राउ गरी कारवाही शुरु गरेको छ ।

दशैँको समयमा यातायात व्यवसायी स्थानीय प्रहरी प्रशासनसहित बसेर निर्धारण गरेको भाडादरभन्दा दोब्बर महँगो भाडा लिएर यात्रु ठग्ने सातवटा सवारीसाधनलाई पक्राउ गरेर कारवाही शुरु गरिएको ट्राफिक प्रहरी कार्यालय उदयपुर गाईघाटका प्रमुख दिनेश चौधरीले बताउनुभयो ।

यसरी कारवाहीमा पर्ने ठूला सवारीसाधन बसमा गाईघाट– काठमाडौँ सञ्चालन हुने बस बा४घ ४८४८, बा४ख १९२६, बा२ख ९१८८ र बा५ख ५७४५ नम्बरका बस रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले बताएको छ ।

गाईघाट काठमाडौँ प्रतियात्रु सवारी भाडा ८०० निर्धारण गरेको भए पनि यी सवारीसाधनका सञ्चालकले प्रतियात्रु रु एक हजार पाँचका दरले टिकट काटेर यात्रु ठगिरहेको रङ्गेहात पक्राउ गरिएको कारण बसका तीनजना स्टाफलाई समेत आजै पक्राउ गरिएको पनि ट्राफिक प्रहरीले बताएको छ । यात्रुबाट ठगेको रु १४ हजार ७०० भने यात्रुलाई नै फिर्ता गराइएको पनि प्रहरीले बताएको छ ।

यस्तै गाईघाट काठमाडाँै सञ्चालन हुने र महँगो सवारी भाडा लिने तीनवटा सुमोलाई पनि पक्राउ गरेर कारवाही शुरु गरिएको ट्राफिक प्रहरीले जनाएको छ । कारवाहीमा परेको सुमोमा ना१ज ६९२०, ना१ज ६२७९ र स१प ४७२ नम्बरका सुमो रहेको छन् । गाईघाट काठमाडौँ प्रतियात्रु रु एक हजार सुमो भाडा निर्धारण गरिएको भए तापनि यी सुमोले प्रतियात्रु रु एक हजार २०० देखि एक हजार ४०० सम्म सवारी भाडा लिएको भेटिएको कारण कारवाही अगाडि बढाइएको प्रहरीले बताएको छ ।

जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख वीरबहादुर बुढामगरका अनुसार यात्रु ठग्ने सवारी सञ्चालकमाथि ठगी सम्बन्धी मुद्दा चलाउने तयारी भएको प्रहरी प्रमुख बुढामगरले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मोदीसँगको भेटपछि रविले भने- भारतसँग नयाँ विकास कूटनीतिको युग अघि बढ्छ शीतल निवासमा राखिएका हात्तीका दाह्रा चोरी गरेको आरोपमा पाँच जना पक्राउ धादिङको त्रिपुरासुन्दरीमा तीर्थ​यात्रु सवार भ्यान दुर्घटना नेपाल वैदेशिक रोजगार व्यवसायी संघमा निर्वाचन प्रक्रिया अघि बढ्यो नेपालले कसैको एक इन्च पनि जमिन मिचेको छैन: ओली राष्ट्रियसभाको बैठक स्थगित रवि लामिछाने र नरेन्द्र मोदीबीच भेटवार्ता मेरो सम्पत्ति विवरण त्यही खरानी हो, त्यही उठाएर लैजा सरकार : ओली राष्ट्रिय सभामा आज पनि विपक्षी दलहरूको विरोध २१ फागुनको चुनाव नाटक मात्रै थियो: केपी शर्मा ओली सुनको मूल्य स्थिर, चाँदीको मूल्य घट्यो आगामी जेठ २५ गते सम्मका लागि प्रतिनिधि सभाको बैठक स्थगित प्रधानमन्त्री कति दिन संसदमा आउनु भयो, कतिचोटी हाजिर गर्नु भयो ? संसदको अभिलेखमा देखाइयोस्: हर्क साम्पाङ प्रतिनिधि सभा बैठकमा विपक्षी दलहरूले अवरोध जारी निर्धारित समयको डेढ घण्टासम्म पनि शुरू भएन प्रतिनिधिसभा बैठक राष्ट्रियसभा बैठक स्थगित मन्त्रिपरिषद् बैठक बस्दै कांग्रेसले छायाँ सरकार गठन गरेको छैन: भीष्मराज आङ्देम्बे सुनचाँदीको मूल्य बढ्यो कृष्ण महरालाई एक लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश