२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतको छिञ्चुमा आधुनिक बसपार्क निर्माण हुने

१ कार्तिक २०७६, शुक्रबार ०७:२९

कात्तिक १, सुर्खेत | सुर्खेतको भेरीगङ्गा नगरपालिकास्थित छिञ्चु बजारमा आधुनिक बसपार्क निर्माण हुने भएको छ । पछिल्लोपटक बसेको मन्त्रिपरिषद्को बैठकले नगरपालिका–१२ मा पर्ने २.१५ हेक्टर वन क्षेत्र प्रयोग गर्न दिने निर्णय गरेपछि बसपार्क निर्माणको बाटो खुलेको हो । 

छिन्चुमा बसपार्क नहुँदा सडक छेउछाउमै सवारीसाधन पार्किङ गरिनुका साथै यात्रुले सडकमै टिकट काटेर बस चढ्नुपर्ने बाध्यता रहँदै आएको छ । सङ्घीय सरकारले वन क्षेत्र प्रयोग गर्न अनुमति दिएसँगै नगरपालिकाले निर्माण प्रक्रिया अघि बढाउने भएको छ । उपप्रमुख रेणु आचार्यले रुख कटानका साथै विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गरी निर्माणको काम शुरु गर्ने जानकारी दिनुभयो । 

भेरी र कर्णाली करिडोरलाई यातायात सञ्जालसँग जोड्ने छिञ्चु सुर्खेतको दोस्रो ठूलो बजार हो । कोहलपुर, नेपालगञ्जबाट कर्णालीका विभिन्न जिल्ला पुग्नलाई छिञ्चुकै बाटो प्रयोग गरिन्छ । वन क्षेत्र प्रयोग गरेबापत नगरपालिकाले सोही क्षेत्र बराबरको जग्गामा वृक्षरोपण गर्ने योजना बनाएको छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य दोहोरो करमुक्ति सम्झौता खारेज भएका बारे मौरिससलाई औपचारिक जानकारी आप्रवासन नियममा कडाइ गरे पछि अमेरिकाद्वारा जनवरी देखि ८५ हजार भिसा रद्द वैदेशिक रोजगार विभागमा बिचौलियाको भूमिका खेलेको आरोपमा १३ जना पक्राउ ‘ढुवानीका लागि बाटो प्रयोग गरेकै आधारमा कर उठाउनु कानुनविपरीत’ नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट एनपिएलः काठमाडौँ गोर्खाज टस जितेर ब्याटिङ गर्दै विश्वविद्यालयको कुलपति प्राज्ञिक व्यक्तिलाई बनाउने गृहकार्य भइरहेको छः प्रधानमन्त्री कार्की पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड आंशिक बन्द गरेर विस्तार गरिँदै डिजिटल माध्यमबाट हुने हिंसा न्यूनीकरणका लागि सबै जुटौँः सञ्चारमन्त्री खरेल