२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

वेश्यावृत्ति गराउनेलाई कारागार पठाउन आदेश

२ कार्तिक २०७६, शनिबार १३:०९

कात्तिक २, काठमाडौँ | महिला तथा किशोरीलाई प्रलोभनमा पारी घरमै यौनशोषण गर्ने र गराउँदै आएको अभियोगमा प्रहरीले पक्राउ गरेका तीन जनालाई जेल चलान गरेको महानगरीय प्रहरी परिसर भक्तपुरले आज जानकारी दिएको छ ।

पक्राउ पर्नेमा सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका–६ मेलचोक घर भई हाल मध्यपुरथिमि–९ बोडेमा घर भाडामा बस्दै २५ वर्षीय सञ्जय भन्ने राजेश गिरी, मध्यपुरथिमि चपाचो घर भई बोडे बस्ने ५० वर्षीय श्रीकण्ठ प्रजापति भन्ने श्रीकान्त प्रजापति र धादिङ फुलखर्क गाउँपालिका–४ घर भई बोडेमा डेरा गरी बस्ने २९ वर्षीया सोनिया तामाङ भन्ने सविना तामाङ (गुरुङ) रहेका छन् । 

पक्राउ परेकाहरुले मध्यपुरथिमि नगरपालिका–९ बोडे सिन्टीटारस्थित श्रीकण्ठ प्रजापति भन्ने श्रीकान्त प्रजापतिलगायतले विभिन्न पुरुष बोलाई मादक पदार्थ सेवन गराई महिला तथा किशोरीलाई वेश्यावृत्तिमा लगाउने गरेको पीडित महिलाको उजुरीको आधारमा प्रहरी परिसर भक्तपुरको प्रहरी टोलीले छापामा मारी पक्राउ गरेको प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो । 

महिला तथा किशोरीलाई समेत मादक पदार्थ सेवन गराई जबर्जस्ती यौनकार्यमा संलग्न गराउने र यौन शोषण गर्ने गरेको उजुरीलगत्तै प्रहरीले गत भदौ २३ गते पक्राउ गरी मुद्दा चलाएको उहाँले बताउनुभयो । जिल्ला अदालत भक्तपुरले हिजो तीनै अभियुक्तलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि प्रहरीले जगन्नाथदेवल कारागार काठमाडौँ पठाएको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य