जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाका भित्री सडकमा दुर्घटना बढी हुने गरेका छन् । का"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाका भित्री सडकमा दुर्घटना बढी हुने गरेका छन् । का"/>

2026-10-22 03:09 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

चितवनमा मात्र तीन महीनामा ३३ को मृत्यु

कात्तिक ५, चितवन | जिल्लामा साउनयता भएका सवारी दुर्घटनामा परी ३३ को मृत्यु भएको छ । सो समयमा ८१ दुर्घटना भएका थिए । दुर्घटनामा परी १८० घाइते भएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका अनुसार जिल्लाका भित्री सडकमा दुर्घटना बढी हुने गरेका छन् । कार्यालयका प्रमुख प्रहरी निरीक्षक चन्द्रकुमार गिरीका अनुसार भित्री सडमा तीन महीनामा २४ सवारी दुर्घटना भएका छन् । ती दुर्घटनामा परी १० को मृत्यु भएको छ भने ३४ घाइते भएका छन् । 

यस्तै पूर्वपश्चिम लोकमार्ग र नारायणगढ–मुग्लिन सडकखण्डमा १८/१८ पृथ्वी राजमार्गमा ११ र भरतपुर महानगरपालिकामा १० सवारी दुर्घटना भएका कार्यालयको तथ्याङ्कमा उल्लेख छ । कार्यालयका अनुसार गत आर्थिक वर्षको सोही अवधिमा जिल्लामा ८५ दुर्घटना भएका थिए । ती दुर्घटनामा परी ४९ ले ज्यान गुमाएका थिए भने २३१ घाइते भएका थिए ।

प्रमुख गिरीका अनुसार अहिले भएका सवारी दुर्घटनामा मोटरसाइकल बढी छन् । रातको समयमा मादक पदार्थ सेवन गरी मोटरसाइकल चलाउँदा बढी सङ्ख्यामा दुर्घटना हुने गरेको उहाँको भनाइ छ । दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले जाँचलाई कडाइ गरेको जनाएको छ । जाँचका क्रममा क्षमताभन्दा बढी यात्रु राख्ने, सवारी चालक अनुमतिपत्र नलिइ साधन चलाउने गरेको पाइएको उहाँको भनाइ छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने नवरात्रको पाँचौँ दिन आज स्कन्दमाताको पूजा आराधना गरिँदै दुई तिहाइ बहुमत हुँदैमा सरकारका सबै निर्णय सही हुँदैनन् : अमरेश सिंह सुनचाँदीको मूल्यमा गिरावट, सुन तोलाको २ लाख ८८ हजार ४०० रुपैयाँ