2026-09-13 01:44 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

मिथिलाञ्चलमा धनतेरस पर्व मनाइँदै

कात्तिक ८, जनकपुरधाम | मिथिलाञ्चलमा आज धनतेरस पर्व हर्षोल्लासकपूर्वक  मनाइँदै छ । यो पर्व मूलतः आयुर्वेदका प्रवर्तक धन्वन्तरी र धनका देवता कुबेरको जन्मोत्सव भए पनि मिथिलाञ्चलमा आजका दिन नयाँ–नयाँ भाँडाकुँडा र सुनचाँदीका गरगहना किनमेल गर्ने परम्परा रहेको छ ।

समाजका उच्च, मध्यम र निम्नवर्गले आ–आफ्ना आवश्यकता र विलासिताका महत्वपूर्ण चीजबीजको किनमेलका लागि आजको दिनलाई विशिष्ट दिन मान्ने गरेका छन् । यो पर्वमा किनमेल गर्नुपर्छ भन्ने सन्दर्भ कहिले र कसरी आरम्भ भयो भन्नेबारे कुनै निश्चित आधार नभए पनि धन्वन्तरीको प्रादुर्भाव समुद्र मन्थन भएको र उत्पन्न हुँदा हातमा अमृतले भरिएको कलश लिएर आएका हुनाले भाँडाकुँडा किनमेलको क्रम शुरु भएको विश्वास पाइन्छ ।

आयुर्वेदका प्रवर्तक धन्वन्तरीको प्रकटसँग स्वास्थ्य र धनको प्रसङ्ग रहेका कारण धन्वन्तरीको पूजाले भाग्योदय हुने मान्यता रहेको छ । त्यसैले भाडाँकुँडा, सुनचाँदीको किनमेल गरी धन्वन्तरी, यम र कुबेरको पूजा गरिने चलन छ । धनतेरसका दिन यमको पूजा गर्नाले अकाल मृत्युबाट रक्षा र कुबेरको पूजाले दरिद्रता नरहने मानिन्छ  । आजका दिन नयाँ समान खरीद गर्दा पैसा १३ गुणा बढी हुन्छ भन्ने मान्यता रहिआएको छ ।

धातुले नकारात्मक ऊर्जालाई मेटाउने भएकाले आजका दिन सुन र चाँदीको खरीद गरी धनको वर्षा हुने आशा राख्ने गरेको पाइन्छ । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन