2026-09-19 06:10 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

अखाद्य वस्तु नष्ट, उपभोक्ता ठग्ने सामग्री जफत

कात्तिक ८, भक्तपुर | भक्तपुर नगरपालिकाले आज गरेको बजार अनुगमनका क्रममा अधिकांश पसलमा अखाद्य वस्तु बिक्रीका लागि राखिएको पाइएको छ । 

म्याद गुजे्रका त्यस्ता अखाद्य वस्तुलगायत विभिन्न सामग्री जफत गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुरको सल्लाघारीमा भएको अनुगमनमा पटकपटक निर्देशन दिँदा पनि दर्ता नगर्ने सल्लाघारी पराठा हाउसमा माइक्रोओभन एक थान जफत गरेको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । 

त्यस्तै नेहाल जुस फलफूल पसलमा म्याद गुज्रेका विभिन्न ब्राण्डका पापड र फ्रुट नष्ट गरेको छ । त्यस्तै शिव मिष्ठान भण्डारमा बढी रङ हालेर बनाएको रातो पुरी नष्ट गर्नुका साथै सरसफाइमा ध्यान दिन निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । 

सल्लाघारीको किरान पसलमा म्याद गुज्रेको विभिन्न ब्राण्डका जम्बो जुस नष्ट गरेको छ भने इन्द्र कोल्ड स्टोरमा म्याद गुज्रेका विभिन्न ब्राण्डका बिस्कुट, जुसलगायतका सामग्री जफत गरी नष्ट गरेको छ । 

खुशी फुड महलमा खाद्य रङ बढी भएको पकौडा नष्ट गर्नुका साथै बिग्रेको मासु फ्रिजमा नराखी छुट्टै राख्न निर्देशन दिएको छ । त्यस्तै सल्लाघारी कम्प्लेक्समा अधिकांश पसल दर्ता नभएको पाइएकाले तत्काल दर्ता गर्न निर्देशन दिएको छ । 

यता दर्ता र स्वीकृति नलिई साख मल्टी स्टोर्स र एसआर स्टोरले मदिरा बिक्री गरेको, किराना पसल दर्ता गरी मिनी मार्ट सञ्चालन गरेको, प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र बिना बिक्री गरेको, सफारी हेल्थ सनफ्लोर तेलमा उल्पादन मिति प्रष्ट नभएको र ढक तराजुसमेत नापतौल विभागमा नवीकरण नगरेको पाइएकाले तत्काल नियमानुसार गर्न निर्देशन दिएको र तिहारपछि पनि नियममा नगए कारवाही गर्ने चेतावनी दिएको छ । 

त्यसैगरी दर्ता नगरी सञ्चालन भएको गौरी शङ्कर मःमः पसललाई तीन दिनभित्र दर्ता गर्न निर्देशन दिँदै ग्यास चुलो जफत गरेको, फ्रिजमा मःमःको किमा, मःमः, अमिलो एकै ठाउँमा राखेको पाइएका आगामी दिनमा पनि त्यस्तै गरेको पाइए कारवाही गर्ने चेतावनी दिएको छ । 

ड्रिमल्याण्ड किचेनमा कामदारले एप्रोन, माक्स, पञ्जा र हेयरनेट प्रयोग नगरेको, फोहर रहेको पाइएको छ भने मधुबन स्विट्स पसल तीन दिनभित्र दर्ता गर्न, प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्न निर्देशन दिएको छ । यता रामदेवी कम्प्लेक्समा अधिकांश पसल दर्ता नभएको पाइएकाले धेरै पसललाई दर्ता गर्न निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई