२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

भक्तपुर - BKT

अखाद्य वस्तु नष्ट, उपभोक्ता ठग्ने सामग्री जफत

८ कार्तिक २०७६, शुक्रबार १२:४५

कात्तिक ८, भक्तपुर | भक्तपुर नगरपालिकाले आज गरेको बजार अनुगमनका क्रममा अधिकांश पसलमा अखाद्य वस्तु बिक्रीका लागि राखिएको पाइएको छ । 

म्याद गुजे्रका त्यस्ता अखाद्य वस्तुलगायत विभिन्न सामग्री जफत गरेको नगरपालिकाले जनाएको छ ।

नगरपालिका अनुगमन समितिका संयोजक राजकृष्ण गोराको नेतृत्वमा भक्तपुरको सल्लाघारीमा भएको अनुगमनमा पटकपटक निर्देशन दिँदा पनि दर्ता नगर्ने सल्लाघारी पराठा हाउसमा माइक्रोओभन एक थान जफत गरेको बजार निरीक्षक रामकृष्ण प्रजापतिले जानकारी दिनुभयो । 

त्यस्तै नेहाल जुस फलफूल पसलमा म्याद गुज्रेका विभिन्न ब्राण्डका पापड र फ्रुट नष्ट गरेको छ । त्यस्तै शिव मिष्ठान भण्डारमा बढी रङ हालेर बनाएको रातो पुरी नष्ट गर्नुका साथै सरसफाइमा ध्यान दिन निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । 

सल्लाघारीको किरान पसलमा म्याद गुज्रेको विभिन्न ब्राण्डका जम्बो जुस नष्ट गरेको छ भने इन्द्र कोल्ड स्टोरमा म्याद गुज्रेका विभिन्न ब्राण्डका बिस्कुट, जुसलगायतका सामग्री जफत गरी नष्ट गरेको छ । 

खुशी फुड महलमा खाद्य रङ बढी भएको पकौडा नष्ट गर्नुका साथै बिग्रेको मासु फ्रिजमा नराखी छुट्टै राख्न निर्देशन दिएको छ । त्यस्तै सल्लाघारी कम्प्लेक्समा अधिकांश पसल दर्ता नभएको पाइएकाले तत्काल दर्ता गर्न निर्देशन दिएको छ । 

यता दर्ता र स्वीकृति नलिई साख मल्टी स्टोर्स र एसआर स्टोरले मदिरा बिक्री गरेको, किराना पसल दर्ता गरी मिनी मार्ट सञ्चालन गरेको, प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र बिना बिक्री गरेको, सफारी हेल्थ सनफ्लोर तेलमा उल्पादन मिति प्रष्ट नभएको र ढक तराजुसमेत नापतौल विभागमा नवीकरण नगरेको पाइएकाले तत्काल नियमानुसार गर्न निर्देशन दिएको र तिहारपछि पनि नियममा नगए कारवाही गर्ने चेतावनी दिएको छ । 

त्यसैगरी दर्ता नगरी सञ्चालन भएको गौरी शङ्कर मःमः पसललाई तीन दिनभित्र दर्ता गर्न निर्देशन दिँदै ग्यास चुलो जफत गरेको, फ्रिजमा मःमःको किमा, मःमः, अमिलो एकै ठाउँमा राखेको पाइएका आगामी दिनमा पनि त्यस्तै गरेको पाइए कारवाही गर्ने चेतावनी दिएको छ । 

ड्रिमल्याण्ड किचेनमा कामदारले एप्रोन, माक्स, पञ्जा र हेयरनेट प्रयोग नगरेको, फोहर रहेको पाइएको छ भने मधुबन स्विट्स पसल तीन दिनभित्र दर्ता गर्न, प्याकेजिङ सामानमा खाद्यको अनुज्ञापत्र लिएर मात्र लेबल राख्न निर्देशन दिएको छ । यता रामदेवी कम्प्लेक्समा अधिकांश पसल दर्ता नभएको पाइएकाले धेरै पसललाई दर्ता गर्न निर्देशन दिएको उहाँले जानकारी दिनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै